हायसको ठक्कर वाट एक महिलाको मृत्यु

प्रकाशित मिति:

दाङ/दाङमा सवारी दुर्घटनामा परि एकजना महिलाको मृत्यु भएको छ । आइतवार बेलुका भएको सवा ७ बजेतिर हायस गाडीको ठक्कर बाट तुलसीपुर उपमहानगरपालिका वडा नं। १७ झिङ्गै निवासी अन्दाजी ७५ बर्षीया मोतिकला डाँगीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घोराही बाट तुलसीपुर तर्फ आउँदै गरेको बा २ ख ९८४१ नम्बरको हायसले पैदल यात्रारत डाँगीलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल पुुुर्याए लगतै चिकित्सकले डाँगीलाई मृत घोषणा गरेका थिए ।