कसरि गर्ने खै गुनासो यो ज़िन्दगीको

प्रकाशित मिति:

कसरि गर्ने खै गुनासो यो ज़िन्दगीको
खोजेर कतै नपाऊने परिभाषा जिन्दगिको

मान्छेले यस्तो गर्छु उस्तो गर्छु भन्दा भन्दै
अनजानमा हराऊदो रहेछ आशा जिन्दगिको

कसलाई के थाहा कुन बेला के हुन्छ भन्ने
आजखुसि भोली रोदन निरासा जिन्दगिको

अनमोल हुन्छ मान्छे को जिबन भनिरहदा
आज छ भोली के हुन्छ भरोसा छैन ज़िन्दगीको

२ दिन पनि भाग्य को खेल मा बॉच्नु पर्ने
सॉचेर राख्न नपाऊने नासो जिन्दगिको

रचना शारदा क्षेत्रि
हाल न्युयोर्क