सुरक्षा सर्तकता बढाउन उद्योगी व्यवसायीको आग्रह

प्रकाशित मिति:

नरेश के.सी,भैरहवा/रुपेन्देहीका उद्योगी व्यवसायीले जिल्लामा रहेका उद्योग प्रतिष्ठानको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका छन् । व्यवसायीहरुले राज्यले लगाएको हरेक किसीमका कर तिरीरहेको , राज्यको कानुन अनुसार चलिरहेको तर राज्यले सुरक्षाको प्रत्याभू ितगर्न नसकेको भन्दै गुनसो समेत गरेका हुन् । आईतबार जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा आयोजित एक छलफल कार्यक्रममा उद्योगी व्यवसायीका नेताहरुले यस्तो गुनासो गरेका हुन् ।छलफलमा रुपन्देही सुनचादी व्यवसायी संघका अध्यक्ष एम वि विश्वकर्माले बहुमुल्य धातूको कारोबार गर्ने सुनचादी व्यवसायी सधैं असुरक्षीत हुनुपर्ने बातवरण अन्तय गर्न आग्रह गरेका थिए ।

उनले सुनचादी पसलहरुमा बारम्बार चोरी हुने तर प्रहरी प्रशासनले सधैं चोरको नजिक पुग्यौं भन्ने तर कहिल्यै पक्राउ नगर्ने भन्दै आक्रोस समेत व्यक्त गरे । उनले भने, ‘विगतमा बुटवलमा चोरी बढ्दा सुनचादी व्यवसायीले प्रहरीलाई गस्तीकोलागी ९ वटा साईकल समेत दियो तर ती साईकल हुदा सम्म गस्ती भयो पछि हुन सकेन । प्रहरी सुरक्षा सर्तकतामा अझै क्रियासील हुनुपर्छ । ’प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरको संयोजनमा आयोजित छलफलमा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानले उद्योगी व्यवसायीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । उनले विगतमा सुरक्षाकोलागी निजी क्षेत्रले लाखौं रकम संकलन गरेर भैरहवा क्षेत्रमा सिसिटीभि क्यामेरा जडान गरेको भएता पनि त्यसको संरक्षण नहुदा त्यो रकम बालुवामा पानी खन्याए जस्तै भएको भन्दै दुखेसो समेत व्यक्त गरे ।

उद्योग व्यपार संगठन रुपन्देहीका अध्यक्ष नारयण प्रसाद भण्डारीले प्रहरी प्रशासनले हरेक समय सुरक्षा सर्तकता बढाउन जरुरी रहेको बताए । उनले निजी क्षेत्र प्रहरी प्रशासनलाई सुरक्षा मजबुत गराउन सधैं तयार भएको भन्दै कुनैपनि अवस्थामा सुरक्षामा कमि हुननहुने बताए । बैंकर्स क्लबका रामराज उपाध्यय, सिद्धार्थ सुनचादी व्यवसायी संघका प्रकाशमणी विक लगायतले हरेक क्षेत्रमा प्रहरी सतर्कताका अतिरीक्त सुरक्षाका अन्य उपाय अपनाएर सुरक्षा व्यवस्था मजबुत बनाउने काम राज्यको भएको बताए । छलफल कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न कुनै पनि कसुर बाकी नराख्ने बताएका छन् । उनले जिललको हरेक क्षेत्रका उद्योगी , व्यवसायी र आम नागरिक सुरक्षीत भएको बताउदैं ढुक्क भएर काम गर्न आग्रह समेत गरे । छलफलमा रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले चोरीका घटनाले व्यवसायीमा सृजना भएको त्रासलाई छिट्टै निर्मुल गर्नेगरी प्रहरीले विशेष अनुसन्धान र कारबाहि शुरु गरिसकेको बताए ।