महा शिबरात्रि बिशेष: भुलेर नि नगर्नुहोला यी कामहरु

प्रकाशित मिति:

महाशिवरात्रि शिवभक्तको लागि बिशेष महत्वको हुनेगर्छ । यो बर्ष फागुन २० गतेका दिन महाशिवरात्रि परेको छ । उक्त दिन सोमबार हो । भगवान शिवका लागि सोमबार कति महत्व छ धेरैलाई थाहा छ । यो बर्ष भगवान शिवको सबैं तिथि मिलेको जन्मदिन परेकाले इतिहासकै राम्रो दिन भएको बताइन्छ ।महाशिवरात्रि मनाउन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । पशुपतिनाथको देश भनेर पनि चिनिने नेपालमा शिवभक्तहरु यस दिन शिवको बिशेष पूजा अर्चनामा लिन हुनेगर्दछ्न् ।चाडै प्रशन्न हुने र चाडै नै क्रोधित बन्ने भनेर शाश्त्रहरुमा बर्णन गरिने आराध्यदेव भगवान शिवको पूजा अर्चनामा बिशेष ख्याल गर्नुपर्ने पण्डितहरु बताउछन् । महाशिवरात्रीमा भगवान शिवलाई प्रशन्न गर्न चाहने भक्तजनले पूजामा निम्न १० कुरा गर्न नहुने बिश्वास गरिन्छ

महाशिवरात्रिमा कालो रंगको बश्त्र धारण गर्नुहुदैन । भगवान शिवलाइ कालो रंग मन नपर्ने धर्म शास्त्रमा बर्णन गरिएको छ ।भगवान श‌िवलाइ सेतो फूल धेरै राम्रो लाग्छ तर केतकीको फूल सेतो भएपनि भोलेनाथलाइ मन नपर्ने हुनाले चढाउनु हुदैन ।भगवान श‌िवको पूजा गर्दा शंखबाट जल अर्प‌ित गर्नु हुदैन ।भगवान श‌िवको पूजामा तुलसीको प्रयोग पनि वर्ज‌ित मानिन्छ ।शिवजीलाई पूजामा तिल नचढ़ाउन सिफारिस गरिएको छ । तिल भगवान व‌िष्‍णु भगवानको मैल बाट उत्पन्न भएको मानिन्छ ।भगवान शिवलाई टूटेको चामल ९अक्षता पनि मन पर्दैन ।

शिवरात्रिको दिन शिवलिंगमा नरिवलका पानी चढ़ाउन हुदैन । शिव प्रतिमामा नरिवल चढ़ाउन भने बर्जित छैन तर नरिवलको पानी निकाल्नु पर्दछ ।हल्दी र कुमकुम उत्पत्तिको प्रतीक हो, त्यसैले पूजामा प्रयोग गर्नुहुन्न ।बेल पत्र शिवजीको प्रिय हो । बेल पत्रको तीनै पात सद्दे हुनुपर्छ , च्यातिएको पात हुनुहुन्न ।पूजामा प्रयोग गरिने फूल बासी र ओइलाएको नहोस् ।