चुत्र वहादुर महत –एशिव) साउन, १० भीरकोट\स्याङजाको भीरकोटमा प्रधानमन्त्री कृर्षी आधुनीकीकरण परियोजना जोन संचालक समिति, स्याङजा र प्रधानमन्त्री कृर्षी आधुनिकीकरण परियोजना , कार्यान्वयन इकाई सुन्तला जोन स्याङजाको आयोजनामा प्रतिफलमा आधारीत प्रोत्साहन अनुदान वितरण कार्यक्रम भीरकोट नगरपालिका स्थीत तमू समाजको भवनमा सम्पन्न भएको छ ।
भीरकोट नगरपालिकाका , पुतलीवजार नगरपालिका,वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा सुन्तला जोन कार्यक्रम लागू भएको छ । भीरकोट नगरपालिकाका केही वाडमा सुन्तला जोन कार्यक्रम सञ्चालनमा आएको छ । भीरकोट नगरपालिकामा ४४ वटा समुह रहेका छन् । ४४ वटा समुह मध्ये ३५ वटा समुह सुन्तला जोन कार्यक्रममा सहभागी भएको आयोजकले वताएको छ । ३५ समूहका कृषकले प्रतिफलमा आधारीत प्रोत्साहन स्वरुप आज नगद रकम वुजेका छन । १५६ जना सुन्तला कृषकलाई ४ लाख १० हजार ६ सय ९८ रुपैया अनुदान वापत रकम वितरण गरेको छ ।
कृषक लाई व्यवसायीकरण गर्नको लागी हौसला प्रदानको निम्त्ति अनुदान वितरण गरीएको भन्दै भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले निर्वाहमुखी कृर्षी व्यवसायलाई अव आधुनिकिकरण तवरले व्यवसायि मुखी कृर्षी गर्न आग्रह गर्नुभयो । भीरकोट नगरपालिकालाई आत्मनिर्भर वनाउन कृषकको ठुलो भुमिका रहेकाले कृषकको उत्पादनलाई वजारीकरण नगरपालिकाले गरीदिने भन्दै ढुक्क भई व्यवसाय गर्न कृषकलाई आग्रह गर्नुभयो । आयातलाई निरुत्साहित र निर्यात मुखी उत्पादनलाई प्रोत्साहन गर्नु नगरपालिकाको दायित्व हो, विकास सहितको समृद्ध नगर आफ्नो सपना रहेको समेत रहेको वताउनुभयो ।
उक्त्त कार्यक्रममा सुन्तला जोनका सदस्य मुक्त्ति अधिकारी, सुन्तला विज्ञ इन्द्र सुवेदी, भीरकोट नपा २ का वडा अध्यक्ष कमल त्रिपाठी, भीरकोट नपा प्रवक्ता एवम कृर्षी संयोजक दिपेन्द्र केसी, वरिष्ठ कृर्षी विकास अधिकृत मदन कुमार श्रेष्ठ लगाएतले सुन्तला जोन र भीरकोट नपाको समृद्धीको वारेमा वोलेका थिए ।
सुन्तला जोन स्याङजाका अध्यक्ष फणीनारायण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मिन प्रसाद कोइराला र स्वागत सुन्तला कृर्षक जनप्रतिनिधि तारा प्रसाद अर्यालले गर्नुभएको थियो । भीरकोट नगरपालिकाका केही वाडमा संचालित सुन्तला जोन कार्यक्रमलाई यही आर्थिक वर्ष वाट ९ ओटै वाडमा लागू गर्ने आयोजकले वताएको छ ।