नेपालले भू उपग्रह प्रक्षेपण गर्ने

प्रकाशित मिति:

काठमाडौँ /नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान९नाष्ट०ले आउँदो वैशाख ४ गते भू उपग्रह प्रक्षेपण गर्ने भएको छ ।जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो ।यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी भएको भने पनि गते निश्चित गरिएको थिएन । झण्डै चार सय किलोमिटरमाथि आकाशबाट भू उपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छु, नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले भन्नुभयो, त्यसका लागि नाष्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ ।

भूउपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्यांक सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ । नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्ने छ ।भूउपग्रहको माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्को भूउपग्रह नजिक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताएको छ ।