देवदह मेलामा खनिए दर्शक, भिड थेगी नसक्न्नु नगरस्तरीय भलिवलको फाईनल मंगलबार हुने

२० फाल्गुन २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
23 Shares


 झविन्द्र देवकोटा बुटवल, २० फागुन । रुपन्देहीको देवदहमा लागेको मेलामा सोमबार दर्शकको सहभागिता अहिले सम्मेकै बढी देखिएको थियो । स्टलमा दर्शक खचाखच थिए भने सास्कृतिक कार्यक्रम स्थल समेत दर्शकले भरिएको थियो । सोमबार लोकगायक नवीन पौडेल लोक दोहोरी गायिका रितु थापा र नवदिप गायक अर्जुन मिश्र, हास्य कलाकार उज्ज्वल गिरी दानबिरले दर्शकलाई भरपुर मनोरञ्जन दिए । कलाकारको प्रस्तुति हेर्न दर्शकको सहभागिता थामी नसक्नु थियो । यस्तै मेलाकै अवसरमा आयोजना गरिएको नगरस्तरीय अन्तर विद्यालय भलिवलको अन्तिम सेमिफाईनल र फाईनलका खेलहरु मंगलबार हुने भएका छन् । मंगलबार विहान सेमिफाईनलमा देवदहका चार समुहले प्रतिस्प्रर्धा गर्ने छन् भने चारबाट दुईमा परेका समुहले फाईनल खेलमा प्रतिस्प्रर्धा गर्ने छन् ।

फाईनलमा जान मंगलबार देवदह मावि र कोलिय मावि तथा भविष्य निर्माण मावि ढेकावर र बुद्धपब्लिक माविका विचमा खेल हुने भलिवल संयोजक कपिल गौतमले जानकारी दिए । सोमबार भएको खेलमा देवदह माविले सिक्टन माविलाई हराएको छ भने कोलिय माविले लुम्विनी माविलाई, भविष्य निर्माण माविले केरवानी माविलाई र बुद्धपब्लिक माविले खड्क माविलाई हराएर अन्तिम सेमिफाईनलका लागि स्थान सुरक्षित गरेका हुन् । देवदहमा जारी राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको अवसर पारेर आयोजना गरिएको भलिवल प्रतियोगितामा देवदह नगरपालिका भित्रका १२ विद्यालय समुहको सहभागिता रहेको थियो । वेष्ट अफ थ्रीमा खेलाइएको भलिवल प्रतियोगिताको विजेता, उपविजेताले नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने बाणिज्य संघका महासचिव हरि भण्डारीले जानकारी दिए । ‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लाग्न थालेको मेलामा स्थानीय औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका ४५ जिल्लाका ३ सय स्टलहरु सहभागि भएका छन् । यस्तै मंगलबार लोक दोहोरी गायक बैकुण्ठ महत, लोक दोहोरी गायिका भिमु गुरुङ्ग थारुभाषि गायक श्रीनिवास चौधरी, आधुनिक पप गायक कृष्ण क्षेत्री, हास्य कलाकार निशान्त कटुवालले आफ्नो प्रस्तुती देखाउनुका साथमा डान्स आइडल र अन्तर आमा समुह कला प्रतियोगिता हुने मेला अयोजक संस्था देवदह उद्योग बाणिज्य संघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रदेश २ कै नमुना ह्याच्री उधोग सिरहाको लहानमा संचालन
  • कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न
  • शनिदेबको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय
  • सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 
  • रोट्रयाक्ट डाउनटाउनको साप्ताहिक कार्यक्रम
  • शाइन रेसुंगा बैंक सामाजिक कार्यमा सक्रिय: बनाइदियो मन्दिरमा ट्रष्ट
  • बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 
  • गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला
  • शैक्षिक ईज्यत जोगाउने चोली ‘संस्थागत विद्यालय’ लाई विभेद नगर्न राज्यलाई…