सिद्धार्थ साहित्य परिषद रुपन्देहीको १४ औ अधिवेसन चैत्र ९ गते शनिबार भैरहवामा हुने

प्रकाशित मिति:

सिद्धार्थ साहित्य परिषद रुपन्देहीको १४ औ अधिवेसन तथा२१ औ साधरणसभा आगमी चैत्र ९ गते शनिबार भैरहवामा हुने भएको छ ।परिषदका अध्यक्ष डिल्लीराज भट््टाराईको अध्यक्षतामा भैरहवामा बसेको ३२ औंबैठकले साधरण सभा तथा अधिवेसनको मिती तय गरेको कोषाध्यक्ष सिता काफ्लेले बताईन् । बैठकले रुपन्देही क्याम्पसको सभाहलमा आयोजना हुनेअधिवेसन तथा साधरणसभामा परिषदका सम्पुर्ण आजिवन सदस्य, पुर्व पदाधिकारी,सल्लाहकार तथा साधरणसदस्यहरुलाई उपस्थित भईदिन पनि अनुरोध गरेकोछ ।यसैगरी बैठकले अधिवेसनकोलागी अधिवक्ता कुलानन्द ज्ञवालीलाई निर्वाचन आयुक्तचयन गरेको छ ।अधिवेसनले आगमी कार्यकालकोलागी नया नेतृत्व चयन गर्नेछ ।बैठकले परिषदको नयां सदस्यता समेत खुल्ला गरेको छ । कला साहित्य संगीतप्रति रुची राख्ने तथा क्रियासील व्यक्तिले परिषदको विधान अनुसार सदस्यता लिनइच्छुक भएमा सदस्यता दिने निर्णय समेत गरेको परिषदका सचिव नरेश के.सी.लबताए ।बैठकले परिषदको सदस्यता नविकरणको अन्तिम मिती चैत्र ८ गते सम्मलाईतोकेको छ । उक्त बैठकले विधान संशोधन समिती समेत गठन गरेको छ ।

समितीको संयोजकमा प्रा.डा गितु गिरी , सदस्यहरुमा बालकृष्ण भट््टाराई रविजय सागर चयन भएका छन्् । २०३८ सालमा स्थापना भएको परिषद काठमाण्डौंबाहिरको जेठो साहित्यीक संस्था हो । स्थापना कालदेखी नियमित मासिक संगम,लक्ष्मी जयन्ती, भानु जयन्ती र विभिन्न गतिविधी गदैं आएकोछ ।बैठकले विभिन्न प्रतिवेदनहरु समेत पारित गरको छ भने फागुन ७ गते भएकोप्रजातन्त्र दिवको उपलक्ष्यमा आयोजित कविता प्रतियोगिता र फागुन ४ गते सम्पन्नकृति विमोचन कार्यक्रमको समीक्षा समेत गरेको परिषदको सदस्य लक्ष्मी प्रसादअधिकारीले बताए । बैठकमा प्राज्ञ बुदं राना, बालकृष्ण भटटाराई, मणिरामभटटाराई, देवी न्यौपाने धीर लगायतले परिषदलाई अझै शसक्त बनाउदैं प्रदेशस्तरीय संस्था बनाउनुपर्नेमा जोड दिएका थिए ।सिद्धार्थ साहित्य परिषदको पहलमा भैरहवाको देवकोटाचोंकमा महाकविकोपुर्णकदको शालिक, भैरहवा क्याम्पसका देवकोटाको अर्धकदको शालिक समेतनिर्माण भएको छ ।

परिषदले हरेक बर्ष भानु जयन्ती र लक्ष्मी जयन्तीराष्टियस्तरको साहित्यीक सम्मेलन समेत गर्दै आएको छ । यसैगरी परिषदले हरेकबर्ष विभिन्न राष्टिय स्तरका साहित्यीक पुरस्कार र सम्मान समेत वितरण गर्दैआएको छ । परिषदले नियमित रुपमा पदचिन्ह पनि प्रकाशन गर्दै आएको छ ।