संचारकर्मी गौतमको जमुनाको तिर सार्वजनिक

प्रकाशित मिति:

कृष्ण प्रसाद आचार्य
साउन ११ बुटवल । हिन्दु नारीहरुको महान चाडको अबसर पारेर संचारकर्मी निरु गौतमको लय र शब्द सिर्जनामा सिर्जीत जमुनाको तिर बोलको तीज गित आज एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । गितको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । गितमा खुमन अधिकारी र शिलु भट्टराईको स्वर रहेको छ । साथैं विष्णु भट्टराईको निर्देशन, छायांकन र सम्पादनमा गितको म्युजिक भिडियो निर्माण गरिएको छ । संचारकर्मी गौतमले आफ्नो लय र शब्दमा जमुनाको तीर बोलको तिज गित वाहिर ल्याएकि हुन् । अविरल फिल्मस् प्रा लिले दृश्य निमार्ण गरेको सो गितलाई बुलबुल प्रा लिले बाहिर ल्याएको हो । संचारकर्मी गौतम नेपाल पत्रकार महासंघ जिल्ला साखा रुपन्देहीकी उपाध्यक्ष हुन् ।

भिडियो हेर्न तलको लिड्क थीच्नुहोला ।