स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

प्रकाशित मिति:

काठमाण्डौ – काठमाण्डौको छाउनीमा सोमबार राति स्कुटर पल्टिँदा एकजनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।राति पौने १ बजेतिर बा ८७ प ३५३ नम्बरको स्कुटर सडकछेउको रुखमा ठोक्किएर दुर्घटना हुुँदा काठमाण्डौ डल्लु बस्ने २२ वर्षका सुजन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते काभ्रे घर भएका २१ वर्षका दीपेन्द्र मग्रान्तीको भने स्वयम्भूमा रहेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।