भगवान शिवसँग जोडिएका यी रहस्य तपाईँलाई थाहा छ?

प्रकाशित मिति:

भगवान शिवसँग जोडिएका कयौँ यस्ता कुरा जुन तपाईँलाई थाहा नहुन सक्छ । भगवान शिवसँग जोडिएका रहस्यबारे आउनुस चर्चा गरौँ ।कालीको चरणमा शिव:भगवान शिव महादेव माता कालीको चरणमुनि पनि मुस्काइरहन्छन् । भगवान शिव क्रोध र उग्रताका प्रतीक हुन् तर उनै सबैभन्दा उदार रुपमा पनि प्रस्तुत हुन्छन् । आखिर किन यस्तो रु यसको पछाडिको कारण थाहा पाउनुस् ।एक पटक काली माता धेरै क्रुद्ध अवस्थामा थिइन् । कुनै पनि देउता, राक्षस र मानवले उनलाई रोक्न सकेका थिएनन् । केही गर्दा पनि नसकेपछि सबैले माता कालीलाई रोक्न सामूहिक रूपमा भगवान शिवको प्राथना गरे । महाशक्ति कालीले जहाँ जहाँ पाइला राख्थिन्, त्यहाँ त्यहाँ विनाश निश्चित थियो ।भगवान शिवले पनि आफूले महाशक्तिलाई रोक्न नसक्ने कुरा थाहा पाए । । तब भगवान शिवले भावनात्मक विकल्प चुने र र माता कालीलाई रोक्न पुगे । भोलेनाथ माता कालीको बाटोमा सुतिदिए । जब माता काली त्यहाँ पुगिन् तब उनले भगवान शिव सुतिरहेको कुरा यादै गरिनन् । भगवान् शिव सुतेको थाहा नपाएकी उनले शिवको छातीमा आफ्नो खुट्टा राखिदिइन् ।

त्यसबेलासम्म महाशक्तिले जहाँ जहाँ पाइला राखेकी थिइन्, त्यहाँसम्म सबै कुरा भष्म भइसकेको थियो । तर यहाँ अपवाद भयो । माता कालीले जसै शिवजीको शरीरमा आफ्नो पाउ राखिन् तसै उनको रिस शान्त भयो र उनी पश्चाताप गर्न थालिन् ।यस कथाबाट हामीले धेरै कुरा सिक्न सकिन्छ । यसले हामीसँग कति धेरै संशाधन छ र हामी कति शक्तिशाली छौँ भन्ने कुराले कुनै अर्थ राख्दैन। कयौँ पटक हामीले परिस्थिति हेरेर सोचे सम्झेर पनि समस्या समाधानका लागि कदम चाल्नुपर्छ । हरेक संकटको हल निस्किन्छ तर हामीले सुझबुझले निर्णय लिन भने सक्नुपर्छ ।माता पार्वतीको परीक्षा :हामीमध्ये धेरैलाई थाहा हुनुपर्छ भगवान् शिवले माता पार्वतीको पटक पटक परीक्षा लिएका थिए । पार्वती मातासँग विवाह गर्नु पहिले भगवान शिवले उनको परीक्षा लिने कुरा सोचे । भोलेले ब्राह्मणको रूप धारण गरेर पार्वती नजिक पुगे । उनले पार्वती मातासँग भगवान शिव जस्तो केही नभएको भिखारीसँग किन विवाह गर्न लाग्यौ रु भनेर प्रश्न गरे ।यो सुनेर माता पार्वती क्रोधित भइन् । उनले त्यतिबेलै आफू भगवान शिवसँग बाहेक अरु कोहीसँग बिहे नगर्ने बताइन् । उनको यस उत्तरबाट भगवान शिव प्रसन्न हुँदै आफ्नो असली रूपमा प्रकट भए । त्यसपछि उनी पार्वतीसँग विवाह गर्न तयार भए ।यसैले लगाउँछन् भष्मभगवान शिव पूरै शरीरमा भस्म लगाउँछन् । शिवभक्त निधारमा भष्मको तिलक लगाउँछन् । शिव पुराणमा यसबारे निकै रोचक कथा पढ्न पाइन्छ । एक सन्त लगातार तपस्या गरेर धेरै शक्तिशाली भएका थिए । जसले केबल फलफूल र हरियो पात मात्रै खान्थे । त्यहीकारण उनको नाम प्रनद पड राखिएको थियो ।

आफ्नो तपस्याबाट ती साधुले जंगलका सबै जीवजन्तुमा नियन्त्रण स्थापित गरेका थिए । एक पटक आफ्नो कुटीको मर्मतका लागि उनी काठ काटिरहेका थिए । त्यही बेला उनको औँलो काटियो । साधुले आफ्नो औँलाबाट रगत बग्नुको साटो रुखको रस निक्लिरहेको थियो ।साधुलाई आफू धेरै पवित्र भएकाले शरीरमा रगत होइन रुखको रस भरिएको लाग्यो । उनलाई त्यो कुराले धेरै खुसी लाग्यो । अनि उनमा घमण्ड पनि बढ्यो । त्यसपछि उनले आफुलाई संसारकै सबैभन्दा पवित्र मान्छे ठान्न थाले । भगवान शिवले जब यो सबै घटना देखे तब एक वृद्धको रुप धारण गरेर ती साधुसामू पुगे ।बुढो व्यक्तिको भेषमा पुगेका भगवान शिवले साधुसँग यति धेरै खुसी हुनुको कारण सोधे । तब साधुले खुसीको कारण बताइदिए । सबै कुरा जानेपछि भगवान शिवले रुख र फलको पनि रस नै भएको बताउँदै जब रुख विरुवा जल्छन् तब ती सबै खरानी हुने कुरा सम्झाए ।बुढा व्यक्तिको रूप धारण गरेका शिवले तुरुन्त आफ्नो औँलो काटेर देखाए, जहाँबाट खरानी निस्किएको थियो । साधुलाई तब आफ्नो अगाडि भगवान् रहेको थाहा भयो । साधुले तत्कालै आफ्नो अज्ञानतका लागि क्षमा मागे । एउटा कथा अनुसार आफ्ना भक्तलाई शारीरिक सौन्दर्यको घमण्ड गर्नु हुन्न भन्ने कुरा याद दिलाउन भगवान शिवले त्यही बेलादेखि आफ्नो शरीरमा भष्म लगाउन लागे ।

सुदर्शन चक्र:भगवान विष्णुको हातमा सदैव सुदर्शन चक्र सुशोभित रहन्छ । यो सुदर्शन चक्र भगवान शिवले नै भगवान विष्णुलाई दिएका थिए । एक पटक भगवान विष्णु शिवजीको आराधना गरिरहेका थिए । विष्णु देवताले भोलेनाथलाई प्रसन्न गर्नका लागि हजारौँ कमल ओछ्याएका थिए ।तर भगवान शिवले भगवान विष्णुको भक्तिमा कति तत्परता छ भन्ने देख्न चहान्थे । यसैले उनले एक कमल उठाए । भगवान विष्णु सहस्त्रनाम लिँदै शिवलिङ‍्गमा हरेक पटक कमलको फूल चढाइरहेका थिए ।जब विष्णु १००० औँ नाम लिन्थे तब शिवलिङ्गमा अर्पित गर्न कुनै फूल बाँकी रहँदैन थियो । तब भगवान विष्णुले आफ्नो आँखा निकालेर शिवलाई अर्पित गरिदिए । भगवान विष्णुलाई कमलनयन भन्नुमा कमलको फूलसँगै उनले आफ्नो नेत्र अर्पित गरेकाले पनि हो । अटूट भक्ति देखकर भगवान शिवले भगवान विष्णुलाई सुदर्शन चक्र दिए ।अमरनाथ गुफाको कथाभगवान शिवका भक्तका लागि अमरनाथ गुफा धेरै महत्वपूर्ण छ । जब माता पार्वतीले भगवान शिवसँग अमरत्वको रहस्य बताउन भनिन् तब उनी गुफाबाट बाहिर निस्किए । गुफा जाने बाटोमा उनले कयौँ काम गरे । यही कारण गुफा जाने बाटोलाई पुरा चमत्कारिक मानिन्छ । अमरकथाको रहस्य बताउने क्रममा भगवानले आफ्ना पुत्र, वाहन आदिलाई निर्जन स्थानमा छाडिदिए । यी सबै स्थान तीर्थस्थल बने । पौराणिक कथा अनुसार भगवान शिव गुफासम्म हाल जम्मु कश्मीर रहेको पहलगाम हुँदै पुगेका थिए ।