नेपाली सेनामा आत्महत्या गर्ने क्रम बढ्दो

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरमा २३ वर्षीय नेपाली सेनाका जवानले बन्दुक हानेर आत्महत्या गरेका छन् । सोमबार कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत जवान वीरबहादुर खड्काले आत्महत्या गरेका हुन् । जाजरकोटको छेरा गाउँपालिका १ का स्थायी घर रहेका खड्का कंञ्चनपुरमा कार्यरत थिए ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गोली प्रहार गरी आत्महत्या गरेको जनाइएको छ । तर आत्महत्याको कारण भने खुल्न सकेको छैन् । मृत खड्काको गर्धनमा गोली लागेको बताइएको छ ।

आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँन लागिएको र घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ । खड्काको शव पोस्ट मार्टमका लागि महाकाली अञ्चल अस्पताल कंञ्चनपुरमा राखिएको छ ।यसअघि गत १८ गते शनिबार राति धनकुटामा कार्यरत नेपाली सेनाका जवानले आफैलाई गोली हानी आत्महत्या गरेका थिए । स्थायी ठेगाना डोटी भएका सेनाको बरख गण धनकुटामा डिउटीमा रहेका बेला चेतराज जोशीले आफूले बोकेको हतियारले आफै‌लाई गोली हानी आत्महत्या गरेका थिए।