पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना

प्रकाशित मिति:

कास्की – पोखरामा मंगलबार सराङकोटमा प्याराग्लाइडिङ खसेर एकजनाको ज्यान गएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ डाडाँबाट केही तल खस्दा रसियाका अन्दाजी ४५ वर्षका डिमी डिभिलको ज्यान गएको हो ।घाइते अवस्थामा रहेका उनलाई अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको बैदाम प्रहरी प्रमुख डीएसपी कोमल शाहले जानकारी दिनुभयो । आफुखुशी प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

पोखरामा आइतबार मात्र ४२ वर्षीय रोमानियाका इद सिस जरको प्याराग्लाइडिङ ल्याण्ड गर्ने क्रममा हावाको वेगसँग तालमेल मिलाउन नसक्दा फेवातालमा खसेर ज्यान गएको थियो ।