नगरस्तरीय भलिवलको उपाधी बुद्ध पब्लिकले जित्यो

प्रकाशित मिति:

झबिन्द्र देबकोटा /रुपन्देहीको देवदहमा भएको नगरस्तरीय भलिवल प्रतियोगिताको उपाधी देवदह बुद्धपब्लिक बोर्डिङ्ग स्कुलले जितेको छ । बुद्धपब्लिक बोर्डिङ्ग स्कुलले देवदह माविलाई हराएर उपाधी कब्जा गरेको हो । बुद्धपब्लिकले देवदहलाई २५–१५, २८–२६ र १८–२५ को सेटमा हराएर उपाधी सहित ७ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पार्न सफल भएको हो । उपाविजेता बनेको देवदह माविले ५ हजार, शिल्ड तथा प्रमाणपत्रमा चित्त बुझायो ।

यस्तै प्रतियोगितामा भविष्य निर्माण मावि तृतिय बनेको छ । भविष्य निर्माणले कोलिय माविलाई २५–१५, २०–२५ र २६–२४ को सेटमा हराएर तृतिय स्थान हासिल गर्न सफल भएको हो  तृतिय बनेको भविष्य निर्माणले नगद ३ हजार सहित शिल्ड तथा प्रमाणपत्र हात पारेको छ । विजयी समुहलाई मेला समापनको अवसरमा पुरस्कार वितरण गरिने मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघले जनाएको छ । पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापारिक मेला, कृषि तथा पर्यटन महोत्सवको अवसर पारेर आयोजना गरिएको नगरिस्तरीय भलिवलमा देवदह क्षेत्रका १२ विद्यालय समुहले सहभागिता जनाएको खेल संयोजक कपिल गौतमले जानकारी दिए । बेष्ट अप थ्रीमा खेल खेलाईएको थियो ।