हाट बजारमा नेतृत्व विकास तालिम

प्रकाशित मिति:

बुटवल । हाट बजार ब्यवशायी संघ रुपन्देहीले ३ दिने नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । पदाधिकारी तथा सदस्यहरुलाई लक्षित गरि आयोजना गरिएको तालिम मंगलबार सम्पन्न भएको हो ।तालिममा विभिन्न शाखा र जिल्ला समितीबाट ३५ जना भन्दा वढि हाट बजार ब्यवशायीको सहभागिता रहेको थियो । तालिममा बुटवल एफ एमका कार्यक्रम संयोजक रमेश अर्यालले सहजिकरण गर्नु भएको थियो ।
हाट बजार ब्यवशायि संघ रुपन्देहीका अध्यक्ष भिमलाल ज्ञवालीको अध्यक्षता, महासचिव नेत्र प्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सल्लाहकार संयोजक दिनमणि भण्डारी, निवर्तमान अध्यक्ष टेक बहादुर जिसी लगाएतले मन्तब्य राख्नु भएको थियो ।