सौर्य एयरलाइन्सले तिर्‍यो बक्यौता

२१ फाल्गुन २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
40 Shares


काठमाण्डौ / निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले यही फागुन २४ गतेदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्कबापतको बक्यौता रकम तिर्न अटेर गरेपछि विमानस्थलले उक्त एयरलाइन्सको उडान रोकेको थियो ।करिब चार महिनादेखि उडान रोकिएको सौर्य एयरलाइन्सले नियमित उडान गर्ने भएको हो । भारतीय कम्पनी कुबेर समूहले खरिद गरेको सौर्यले आज पहिलो किस्ताबापत ५० लाख रुपैयाँ तिरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार त्यस कम्पनीले विमानस्थलाई जरिवानासहित चार करोड रुपैयाँ बक्यौता रकम तिर्नुपर्ने हुन्छ । अबका १० दिनभित्र थप ५० लाख रुपैयाँ र दुई महिनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो ।सौर्य एयरलाइन्सका बजार व्यस्थापन प्रमुख मुकेश खनालले बक्यौता बुझाउँदै सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । अबको एक महिनाभित्र सबै बक्यौता रकम तिरिसक्ने उहाँले उल्लेख गर्नुभयो ।विमानस्थलले सेवा शुल्क नतिरेको भन्दै गत मङ्सिर ११ गतेदेखि सौर्यका जहाज ग्राउण्डेड गरेको थियो । आर्थिक सङ्कटमा परेको सौर्य केही साताअघि मात्र भारतीय लगानीकर्ता कुबेर समूहले ६३ करोड रुपैयाँमा खरिद गरेको थियो । त्यस समूहले ४९ प्रतिशत भारतीय तथा ५१ प्रतिशत नेपालीका नाममा खरिद गरेको जनाएको छ ।

हाल दुई ओटा बम्बार्डियर जहाजमार्फत उडान गर्दै आएको सौर्यले अबका ६ महिनाभित्र तीन ओटा एटीआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिनुभयो ।कम्पनीले नयाँ जहाज खरिद गरेसँगै नयाँ गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान गर्ने योजना रहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रधानमन्त्रीलाई गगनको प्रश्न– आँखा नचिम्ल्याई प्रश्नको जवाफ दिने हिम्मत किन…
  • माथागढिमा कांग्रेसको अन्तर्कृया , ‘गाउँ जाउ गाउँमै रमाऔँ ,एक ब्यक्ती…
  • जुनियर युवा रेडक्रसको ४०औं राष्ट्रिय गोष्ठी सम्पन
  • कांग्रेसद्वारा फागुन १५ गते चितवन बन्द (बिज्ञप्ती)
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ लाई जिपी कोइराला फाउन्डेसन…
  • विप्लवनिकट विद्यार्थी संगठनद्वारा फागुन १४ गते शैक्षिक हड्ताल
  • अब विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने
  • भुलेर पनि प्रयोग नगर्नुहोस् यस्तो सिन्दुर, ऋणमा डुब्नसक्छन पति
  • आँचल र उदिपले यसरी गरे इङ्गेजमेन्ट, के भन्छिन आँचल ?
  • देश आमा हुन्, कुर्लुम्म काटेर खान मिल्दैन