चलचित्र ‘लभ स्टेशन’ को अफिसियल ट्रेलर सार्वजनिक

प्रकाशित मिति:

काठमाडौँ /अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लभ स्टेशन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।यस चलचित्रमा प्रदिप खड्कासँगै गुडिया उपनाम पाउने गरेकी अभिनेत्री जसिता गुरुङको अभिनय रहेको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङको प्रेम र आइपर्ने उतार चढावलाई प्रस्तुत गरिएको छ ।चलचित्र‘लभ स्टेशन’माअभिनेता प्रदिप खड्काको पनि लगानी रहेको बताइएको छ । चलचित्र रोज असफल भएपछि निरास बनेका प्रदिपलाई चलचित्र‘लभ स्टेशन’सफल भए निकै राहत मिल्ने छ । चलचित्र ‘लभ स्टेशन’ चैत २२ गतेबाट अल नेपालप्रदर्शनमाआउने तयारीमा छ ।

यस अघि चलचित्र लिलिबिलीमा पनि प्रदिप र जसिता नै प्रस्तुत भएका थिए । त्यस चलचित्रमा यो जोडीलाई दर्शकले सकारात्मक रुपमा लिएका थिए ।चलचित्र लिलिबिली यतिबेला यूट्यूबमा रिलिज भइसकेको छ । यूट्यूबमा पनि यो जोडीले अभिनय गरेको चलचित्रलाई दर्शकले मन पराएका छन् ।प्रदिप र जसिताको चलचित्र ‘लभ स्टेशन’ दोस्रो सहकार्य हो । दार्जीलिङ, कालिङपोङ, खार्साङ, मिरिक, इलाम र काठमाण्डौमा चलचित्रको छायांकन गरिएको छ । उज्जवल घिमिरेको निर्देशन रहेको चलचित्रको निर्माण गोविन्द शाहीले गरेका हुन् ।

चलचित्रमा आलोक शुक्लाको छायांकन, शम्भुजीत बाँस्कोटा, दीपकशर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।सांगीतिक प्रेमकथामा आधारित चलचित्र ‘लभ स्टेशन’ मा प्रदिप खड्का गायकको भूमिकामा प्रस्तुत भएको बुझिएको छ । चलचित्रमा प्रदिप र जसिताबाहेक रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल लगायतको अभिनय रहेको छ ।