ग्यास व्यवसायीको आन्दोलन फिर्ता

प्रकाशित मिति:

काठमाण्डौ – गएको शुक्रबारदेखि आन्दोलन गरिरहेका ग्यास व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।नेपाल आयल निगममा भएको वार्तामा सहमति जुटेपछि व्यवसायीले भोलिदेखि नै भारतबाट ग्यास ल्याउने भएका हुन् । आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको नेतृत्वमा भएको वार्तामा निगम सञ्चालक समितिले गठन गरेको समितिले व्यवसायीका माग सम्बोधन गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने, ग्याससहित पेट्रोलियम पदार्थ सुधार र व्यवस्थापनको लागि मार्गचित्र बनाउन उच्चस्तरीय समिति बनाउने र ग्यास उद्योगी व्यवसायीले गरेको आन्दोलन फिर्ता हुने सहमति भएको हो । व्यवसायीले भोलिदेखि नै ग्यास ढुवानी गर्ने भएकाले ग्यास अभाव हट्ने निगमले जनाएको छ ।

ग्यास ढुवानी भाडा र नाफा झण्डै दोब्बरले बढाउनुपर्ने मागसहित व्यवसायीले गएको शुक्रबारदेखि भारतबाट ग्यास ल्याउनको लागि चाहिने अग्रिम कागज अर्थात पीडीओ लिन मानेका थिएनन् ।