संस्कृत भाषालाई जलाउदै हिड्नु गल्ति भएको कांग्रेस नेता भण्डारीको भनाई

प्रकाशित मिति:

गुल्मी /नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मीमा पूर्व सांसद डा।चन्द्र भण्डारीले संसारका देशहरुले संस्कृत पढ्दैछन् तर हामी संस्कृत भाषालाई जलाउदै हिडेकाछौ यहि गलत भएको बताउनुभयो ।महेन्द्र आर्दश माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सारद्धारा आयोजित हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको आज मंगलवार समापनमा यस्तो बताउनु भएको हो । साथै पूर्व सांसद भण्डारीले अन्तरिक्षमा कुनै भाषाले काम गरेन तर अन्तरिक्षमा संस्कृत भाषाले मात्र काम गरेको बताउदै कम्प्युटर,मोवाइल फोनले स्मरण शक्ति घटाएको तर संस्कृत भाषाले स्मरणशक्ति बढाउछ भन्दै संसारका कुनै पनि देशका भाषाले अन्तरिक्षमा काम गरेन तर संस्कृत भाषाले अन्तरिक्षमा काम गरेको बताउनु भयो ।

साथै उहाँले हाम्रो धर्मलाई सबैभन्दा कमजोर भएको, हामी गलत बाटोमा लाग्दा धर्म कमजोर भएको बताउनुभयो ।साथै भण्डारीले पूर्व प्रधानमन्त्री स्व। शुशिल कोइरालाको नेतृत्वमा बनेको संविधानले महिलाहरुलाई ३३ प्रतिशतको अधिकारको व्यवस्था गरेको बताउनुभयो ।साथै उहाँले हिंसा र हतियारको युद्ध होइन पूर्वीय दर्शनले विचार ठूलो हो भन्ने महाभारतले सिकाएका बताउदै हामीले संस्कृति शिक्षामा आधारित भइ मुसिकोट नगरपालिकाले पनि संस्कृति शिक्षा सञ्चालन गर्न आग्रह गनुभयो|

साथै भण्डारीले भन्नुभयो, यूरोप जस्तो देश जहा हिउँ नै हिउँका देशलाई त्यहाका देश नेताले स्वर्ग जस्तै बनाए तर नेपाल आफैमा स्वर्ग छ सम्पन्न छ संसारमा नेपाल सृष्टि भएको यो भन्दा राम्रो भएको देश कोही छैन तर यो देशका मानिसहरु तथा युवाहरु विदेशीनु र अरव जान पर्ने यहाको शिक्षा राम्रो नभएर भएको बताउनुभयो ।हामी जनता र राष्ट्रको हित र प्रगतिका निम्ति हामीले सोचेनौ केवल सिंहदवार कुर्चीको मोहले गर्दा हामीलाई गरिव र देशलाई मागेर खाने गराएको बताउनुभयो ।