नेपालमा पहिलो पटक वाटर एटीएम, दुई रुपैयाँमा पानी पिउन पाइने

प्रकाशित मिति:

काठमाडौँ /नेपालमा पहिलो पटक वाटर एटीएमबाट पानी पिउन पाइने भएको छ । आफूलाई चाहिने जति पानी वाटर एटीएमबाट पिउन सकिनेछ ।ललितपुरमा पहिलो पटक काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा वाटर एटीएमको जडान गरिएकोे छ । खानेपानी मन्त्री बिना मगरले उक्त वाटर एटीएमको उद्घाटन गरेकी हुन् । उक्त वाटर एटीएमलाई नेपालीमा पँधेरो नाम दिएको छ ।

बोर्डका निर्देशक डा । संजीवविक्रम राणाका अनुसार वाटर एटीएम मेसिन काठमाण्डौ उपत्यकाका बीस ठाउँमा जडान गर्ने योजना रहेको छ । वाटर एटीएमको उद्घाटनपछि मन्त्री मगरले एटीएमबाट पानी निकालेर पिएकी थिइन्।दुई रुपैयाँमा २ सय मिलिलिटर पानी पाइन्छ भने एक लिटर पानीको लागि १० रुपैयाँ तिर्नुपर्नेछ। दुई रुपैयाँको सिक्का यस एटीएममा हालेपछि पानी झर्नेछ । पानी पिउनको छुट्टै एटीएम कार्डको प्रयोग गर्न सक्ने व्यवस्था पनि छ ।