‘ऊधम सिंह’ मा क्रान्तिकारी लडाकु बन्दै विक्की

प्रकाशित मिति:

एजेन्सी/ उरी स् द सर्जिकल स्ट्राइक’ को सफलताले विक्की कौशललाई रातारात बलिउडको सुपरस्टार बनाएको छ । यो फिल्मले बक्सअफिसमा धमाल मच्चाएको छ । अझै फिल्मको कमाई रोकिएको छैन । अब फिल्म उरीु पछि विक्कीले चर्चित क्रान्तिकारी शहीद ऊधम सिंहको बायोपिक साइन गरेका छन् । सुजित सरकारले निर्देशनमा बन्ने फिल्मको नाम ऊधम सिंहु राखिएको छ । यो फिल्म भारत स्वतन्त्र हुनुभन्दा अगाडिको समयमा आधारित हुनेछ र यसमा क्रान्तिकारी शहीद ऊधम सिंहको कहानीलाई देखाइनेछ । पहिला ऊधम सिंहु मा अभिनेता इरफान खानलाई कास्ट गर्ने अन्तिम तयारी भएको थियो । तर, विरामी भएपछि उनले फिल्म नगर्ने निर्णय लिएका थिए । अब उनको ठाउँ विक्कीले लिएका छन् । सोमवार निर्माण टिम र विक्कीबीच कागजी सम्झौता भएको छ ।

निर्देशक सुनितले विक्कीको तारिफ गर्दै भनेका छन्,विक्कीको अहिलेसम्मको करिअर हेर्ने हो भने उनले लगातार चुनौतीहरु स्वीकार गरिरहेका छन् । म ऊधम सिंहको भूमिकामा लागि यस्तो कलाकारको खोजीमा थिएँ, जसले यो फिल्मलाई पूरै ज्यान दियोस् । विक्की एक पञ्जाबी परिवारबाट आएका हुन् र फिल्मको कहानी पनि पञ्जाबको नै हो । उनी नै यो चरित्रका लागि सही हिरो हुन् । विक्कीले पनि निर्देशक सुजितसँग पहिलो पटक काम गर्न उत्साहित रहेको बताएका छन् । उनले भने म सधैं सुजितसँग काम गर्न चाहन्थेँ र बल्ल यो मौका जुर्‍यो । म सुजित सरकारका फिल्मको ठूलो प्रशंसक हुँ । यो मेरो लागि सम्मानको कुरा हो कि, म उनीसँग काम गर्दैछु । उरीु बक्सअफिसमा सुपरहिट साबित भएपछि अहिले उनलाई लिएर फिल्म बनाउन बलिउड फिल्ममेकरबीच तानतान सुरु भएको छ ।