‘जानी नजानी’ मा प्रेमसँगै राष्ट्रियताको कथा

प्रकाशित मिति:

काठमाडौँ /चर्चित संगीतकार अर्जुन पोखरेलको स्वर र संगीतमा रहेको एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमाु बोलको गीतका कारण चर्चामा रहेको फिल्म ‘जानी नजानी’ ले यतिबेला आफ्नो प्रचार प्रसारलाई चुस्त बनाएको छ । चैत १ मा रिलिज हुने फिल्मको जम्बो टिम मोफसल प्रचार चर्काउने उद्देश्यले नेपाली फिल्मको ठूलो बजार मानिने चितवन पुगेको छ । पत्रकार भेटघाट कार्यक्रममा निर्मात्री तथा कलाकार रोशनी केसीले ‘जानी नजानी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताइन् । फिल्म स्तरिय बनेको बताउँदै उनले भनिन्, ‘फिल्ममा माया प्रेमको कुरा मात्र छैन, राष्ट्रियताको कथा पनि भनिएको छ ।’ उनले फिल्मबाट ढाका संरक्षणको सन्देश दिन खोजिएको पनि बताइन् ।

बसन्त अधिकारीको डेब्यू निर्देशनमा तयार भएको यो फिल्मको निर्माण लागत २ करोड बताइएको छ । डेब्यू फिल्म ‘रानी’ बाट ‘स्टाइलिस अभिनेता’ को उपमा पाएका मनिषसुन्दर श्रेष्ठले आफ्नो करिअरका लागि यो फिल्मले निकै महत्त्व राख्ने बताए । ुमैले बुझे अनुसार फिल्म दुई किसिमका हुन्छन्, राम्रो र नराम्रो । ‘जानी नजानी’ एउटा राम्रो फिल्म होु, उनले भने । मनिष यो फिल्मलाई रोमकोम जनराको एउटा पूर्ण मनोरञ्जनात्मक फिल्म भन्न रुचाउँछन् । फिल्ममा रोमान्स र कमेडी दुबैको समिश्रण रहेको उनको भनाइ छ । निर्मात्री केसीको कुरालाई उनले पनि सापटी लिँदै भने( ुफिल्ममा लभ र रोमान्स मात्र छैन, राष्ट्रियता र सामाजिक कथा पनि छ । उनी फिल्मलाई दर्शकले रुचाउनेमा विश्वस्त सुनिए ।

पुराना अभिनेता विश्व बस्नेतकी छोरी निरिशा बस्नेतले यो फिल्मबाट डेब्यू गरेकी छिन् । उनले गीत र ट्रेलरजस्तै फिल्मलाई पनि दर्शकहरुले मनपराउनेमा विश्वस्त रहेको बताइन् । फिल्मको कथावस्तु राम्रो रहेको र त्यसअनुरुप प्रस्तुती पनि अब्बल रहेको उनको दाबी छ । दर्शकले आफूलाई अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा पनि उनी विश्वस्त छिन् । सन्नी सिंह, नम्रता सापकोटा, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जनलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा छायांकन संजय लामाको रहेको छ । मोदनाथ खनाल र सागर काजी मालीले यसलाई निर्माण गरेका हुन् । सामिप्यराज तिमल्सिनाले फिल्मको कथा तयार पारेका हुन् । यसमा अर्जुन जिसीको सम्पादन छ ।