शुभाशुभ कस्तो रहनेछ हेर्नुहोस् आजको दिन,

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको २२ गते बुधबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फागुन कृष्णपक्षको औँशी तिथि राति ८।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । शतभिषा नक्षत्र बेलुका ५।५० बजेसम्म रहनेछ । यसैगरी आज सिद्धि योग र चतुष्पद करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२६ मा छ भने सूर्यास्त बेलुका ६।०६ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा छन् । यसैगरी आज फाल्गुन कृष्णपक्षको औँशी तिथि हो । औँशी तिथिका दिन पैतृक श्राद्ध एवं दानादि कर्म शुभ रहन्छन् । उपप्राध्यापक नारायणप्रसाद निरौला ज्योतिषाचार्य, वास्तुविद्