पूर्ववडामहारानी रत्न शाह बिरामी अस्पताल भर्ना

पूर्ववडामहारानी रत्न शाह बिरामी भएकी छिन्

प्रकाशित मिति:

काठमाडौँ । पूर्ववडामहारानी रत्न शाह बिरामी भएकी छिन् । उमेरले ९१ वर्ष पुगेकी रत्न एक सातादेखि खोकीले सताएपछि अस्पताल पुगेकी हुन् । उनलाई निरन्तर सुख्खा खोकी लाग्ने भएपछि हैरान भएर नर्भिक अस्पताल लगिएको हो । उनलाई हाल पातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको उपचारमा डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्रश्री बास्तव खटिएका छन् । रत्नका छोरा बुहारी पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह तराई भ्रमणमा रहेका छन् । यसअघि गत माघमा रत्नका नाति पनि मुटुमा समस्या भएपछि नर्भिक नै उपचार गरेर फर्केका थिए ।