हिन्दु धर्मको बारेका टिप्पणी गर्दा मन्त्री पदबाट मुक्त

प्रकाशित मिति:

काठमाडौ । पाकिस्तानको पञ्जाव प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज उल हसन चौहान हिन्दु धर्मको बारेका टिप्पणी गर्दा मन्त्री पदबाट मुक्त हुनु परेको छ । पाकिस्तान तहरिक ए इन्साफ पीटीआई का नेता तथा पञ्जाबका सूचना, संस्कृति मन्त्री चौहानले हिन्दुहरुलाई गाईको पिसाब खाने मानिस भन्दै अपमानजनक टिप्पणी गरेका थिए । चौहानको यो बयानपछि पंजाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारले स्पष्टिकरणका लागि उनलाई बोलाएका थिए । त्यसपछि उनले राजीनामा दिएका छन् ।मुख्यमन्त्री बुजदारले इमरान खान नेतृत्वमा भएको पार्टीमा कुनै पनि किसिमका विभेद निम्त्याउने गतिविधि नहुने प्रतिक्रया दिए । मन्त्रीको यो टिप्पणी पश्चात् उनको निकै आलोचना भएको थियो ।