तिनाउमा ४ जिपिए ल्याउने विद्यार्थि र शिक्षक पुरस्कृत

प्रकाशित मिति:

बुटवल, ११ साउन ।  बुटवल देविनगरमा रहेको तिनाउ ईङ्गलीस बोर्डिङ्ग स्कुलले गत बर्षको एसईईमा ४ जिपीए ल्याउने विद्यार्थी शलिना जिसीलाई नगद २५ हजार १ सय १ रुपैयाँ सहित सम्मान गरेको छ । शुक्रवार गुरु पुर्णिमाको अवसरमा विद्यालयमा एक कार्यक्रम आयोजना गरी ४ जिपिए ल्याउने जिसीका बुबा होम बहादुर जिसीलाई बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख(उपसचिव) लोकराज पन्थी, विद्यालयका अध्यक्ष प्रध्यापक यज्ञ मुर्ती पाण्डे, प्रध्यानाध्यापक सिता पाण्डेले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै शिक्षा महाशाखा प्रमुख पन्थीले बुटवल उप–मनगरपालिकाले शिक्षा क्षेत्रमा धेरै कार्य अगाडी बढाएको जानकारी दिदै निर्धारण गरिएको लक्ष्य प्राप्तीको लागि सबैको हातेमालो आवश्यक भएको बताए ।
उनले आगामि बर्ष देखि बुटवल उपमहानगरपालिका भित्रका कक्षा ५ र कक्षा ८ सम्मको परिक्षाको व्यवस्थापन र नतिजा प्रकाशन समेत नगरपालिकाले गर्ने तयारी गरेको जानकारी समेत दिए ।
कार्यक्रममा बोल्लै विद्यालयका अध्यक्ष यज्ञमुर्ती पाण्डेले नेपालमा गौरब गर्ने खालको नतिजा गत बर्षमा विद्यार्थीले दिएको भन्दै यो बर्षमा पनि सोही प्रकृतिको नतिजा हासिल गर्नेमा आफु ढुक्क भएको बताए । उनले त्यसका लागि विद्यालयका शिक्षक, अभिभावक तथा सबैको साझा देन भएको धारणा राखेका थिए ।
कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान सचिव तथा अक्सफोर्ड माविका प्रधानाध्यापक दिनेश भुषाल, विद्यालयका संयोजक बाबुराम सुवेदी, प्रध्यानाध्यापक सिता पाण्डे, विद्यालयका सहायक प्रधानाध्यापक सुर्य पाण्डे, पत्रकार भवानी प्रसाद पाण्डे, सपुरीटेन्डेन्ट ईश्वरी पाण्डे , विद्यार्थीहरु रक्षा आर्याल, स्मृती ज्ञवाली, दिवाना पुन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा एसईईमा उत्कृष्ठ नतिजा ल्याउन मेहनत गर्ने शिक्षकहरुलाई समेत जनही ७ हजार १ रुपयाँ पुरस्कार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
त्यसैगरि उत्कृष्ठ नतिजा हासिल गर्ने सम्पुर्ण विद्यार्थीहरुलाई खादा र मायाको चिनोले सम्मान गरिएको थियो ।