बुद्धमावली देवदहको विकास तथा प्रवद्र्धनका लागि उत्खनन् र प्रमाणिकरण आवश्यक

प्रकाशित मिति:

झविन्द्र देवकोटा ,बुटवल/देवदह, बुद्धमावली देवदहका पर्यटकीय क्षेत्रको विकास तथा प्रर्वद्धनका लागि उत्खनन् र त्यसपछिको प्रमाणिकरण आवश्यक रहेको सरोकारवालाले बताएका छन् । देवदहमा एतिहासिक तथा पर्यटकीय क्षेत्रहरु धेरै हुदापनि तिनको प्रचारप्रशार तथा विकासमा सम्वन्धित निकायको चासो कम हुँदा देवदह पर्यटक भित्राउने कुरामा पछिपरेको सरोकारवालाको चिन्ता थियो ।देवदहमा संचालन भई रहेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको अवसरमा आयोजना गरिएको पर्यटकीय क्षेत्रको सम्भावना, चुनौती प्रचारप्रशार तथा उत्खनन् विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि भएका सरोकारवालाले देवदह बुद्धसँग सम्वन्धित क्षेत्र हो की होईन भन्ने बारे प्रमाणिकरण हुन आवश्यक रहेका बताएका हुन् । देवदह बुद्धमावली भनि प्रमाणिकरण भएमा देवदहको विकास हुनेमा कुनै आशंका नरहने उनीहरुको विचार थियो ।

देवदह नगरपालिका र देवदह उद्योग बाणिज्य संघको संयुक्त आयोजना तथा नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा देवदहको प्रचारप्रशार र विकासका लागि उत्खनन्को विषयलाई चासोका रुपमा हेरिनु पर्ने कुरामा जोड दिईएको थियो । कार्यक्रममा पुरातात्विक स्थलको स्क्यानिङ्ग गरेर पहिचान र प्रमाणिकरण गर्नु पर्ने सरोकारवालाहरुले चासो राखेका हुन् । धेरै पटक देवदहमा उत्खनन् गरिएता पनि उत्खनन्पछि फेला परेको बस्तु हराउने र ति बस्तु राख्ने संग्रालय नबन्दा पनि देवदहको एतिहासिक महत्व घटेको उनीहरुको गुनासो थियो । ।कार्यक्रममा प्रदेश ५ का प्रदेश सांसद डाक्टर कृष्ण न्यौपानेले देवदह बुद्धसँग सम्वन्धित क्षेत्र भएकाले यसको विकासमा प्रदेश सरकारको चासो रहेको बताए । उनले प्रमाणिकरणका लागि उत्खनन् पहिलो प्राथमिक्ता रहेकाले उत्खनन तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले नगरपालिकासँग सहकार्य गर्न तयार रहेको समेत बताए । बैद्ध शिक्षाका बारेमा विद्यावारधी समेत गरेका सांसद न्यौपानेले देवदहमा धेरै खण्डहरहरु रहेकाले देवदह अर्काे नभएको ठोकुवा समेत गरे । देवदहको नाममा धेरै संस्थाहरु दर्ता भएतापनि ठोस नीति तथा कार्यक्रमलाई निरन्तरता दिने संस्था नहुँदा एतिहासिक महत्वको पहिचानका विषयमा समस्या देखिएको उनले विचार थियो ।देवदह नगरपालिकाका कार्यवहाक प्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी विकास कोषका पुरातत्वविद् हिमाल उप्रेतीले एतिहासिक र पर्यटकीय क्षेत्रको सिमांकन गरि संरक्षण गर्ने तथा पुरातात्विक स्थल वरपर भौतिक संरचनाहरु निर्माण गर्न नहुने बताए । उनले एतिहासिक स्थलको संरक्षणसँगै उत्खनन् गरि प्रमाणिकरण आवश्यक रहेको बताए ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता झिल्लुप्रसाद न्यौपाने, देवदह नगरपालिका शिक्षा समितिका प्रमुख हरिलाल अर्याल, देवदह ब्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, देवदह संरक्षण प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पाण्डे, देवदह आदर्श बहुमुखि क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, राप्रपाका देवदहका अध्यक्ष माधव रिमाल, नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष नरेश केसि, पर्यटन समिति सदस्य दलबहादुर विरकट्टा मगर, सिद्धिचरण भट्टराइ, चमकान्त गौडेल, तेजु अर्याल, देपेशविक्रम मल्ल लगायतले देवदहको पर्यटकीय क्षेत्रका बारेमा औपचारीकतालाई आधार बनाएर कार्यक्रम गर्न नहुने सुझाव दिए । कृषि, पुर्वाधार र पर्यटन देवदह क्षेत्रको विकासको आधार भएकाले यिनलाईसँगसँगै लैजानु पर्ने उनीहरुले बताए ।देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालको स्वागत तथा देवदह मेला पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक बासुदेव रिमालको संचालनमा भएको कार्यक्रममा देवदहमा रहेका देवदह, बैरिमाई कन्यामाई, पाकडिवृक्ष, बंगाला, भवानीपुर, रोहिणी नगर, माथागढी लगायतका क्षेत्रको विकास तथा प्रचारप्रशारमा जोड दिनु पर्ने कुरालाई जोड दिइएको थियो । कार्यक्रममा देवदह नगरभित्र रहेका पर्यटकीय, सामाजिक तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फागुन १७ गतेदेखि लागेको मेला २८ गतेसम्म संचालन रहने छ भने मेलामा कृषि, पर्यटन, हस्तकला, गार्मेन्ट, होटल रेष्टुरेन्ट लगायतका ३ सय स्टलहरु राखिएको छ ।