चोखो मनले लक्ष्मी माताको फोटो १ शेयर गरेर लक्ष्मी मातालाई खुसी राख्न यी चिजहरु चढाउनुहोस् !

प्रकाशित मिति:

हिन्दुधर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनेर पुज्ने गरिन्छ । लक्ष्मीलाई सुन्दरताको साथै सफल सौभाग्य,समृद्धि र सम्पन्नताको रुपमा पनि मानिन्छ । लक्ष्मीलाई खुसी पार्न सके धनी भइन्छ भन्ने हिन्दुधर्मावलम्बीहरुको विश्वास रहेको छ । त्यसैले आज हामी तपाईहरुलाई लक्ष्मी मातालाई कसरी खुसी पार्ने र सम्पन्न बनाउने भन्ने बारे जानकारी दिन गइरहेका छौँ । १. धनका मालिक भनिएका कुबेरको मूर्ति घरमा राखे लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । कुबेरले लक्ष्मीको रक्षा गर्ने भएकोले कुबेरको मूर्ति राख्ने ठाउँ सफा हुनुपर्ने छ ।

२. श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । धर्मशास्त्र अनुसार श्रीफल भनेको पनि लक्ष्मी नै हुन् । ३. पारोले बुनेका चित्र वा मूर्ति घरमा राख्नु फलदायी मानिन्छ भने पारोले बनाएका जुनसुकै कुराहरु राख्नु लक्ष्मीको लागि विशेष मानिन्छ । ४. समुन्द्रबाट उत्पति भएकी भनिएकी लक्ष्मीलाई मुगा निकै मन पर्ने धार्मिक शास्त्रमा उल्लेख छ । मुगा चढाउँदा धन प्राप्त हुने विश्वास छ । ५. चाँदिले बनेका लक्ष्मी र गणेशका मूर्ति एकै ठाउँमा राख्नु राम्रोे मानिन्छ । घरमा राखिएका यस्ता मूर्तिको पुजा दैनिक रुपमा गरिनुपर्ने छ । ६. लक्ष्मीलाई खुसी पार्ने अर्को उपाय हो श्री यन्त्रको प्रयोग र यसको पुजा गर्नाले लक्ष्मी खुसी हुने विश्वास रहेको छ । ७. कमलको बियो लक्ष्मीलाई चढाउँदा लक्ष्मी प्रसन्न हुने विश्वास रहेको छ । कमलको बियोले घरमा धनको वृद्धि हुने छ ।