जीपी कोइराला फाउन्डेसन अमेरीकाका पदाधिकारीहरु चुनावी प्रचारमा सहभागी

प्रकाशित मिति:

अमेरीका । न्युर्योक सहरको क्वीन्स राज्यकी सभापती मेलीन्दा काज डेमोक्रेटीक पार्टीको तर्फवाट डिस्ट्रीक्ट एटोर्नी की उम्मेद्दवार वन्नु भएकोमा जिपी कोईराला फाउन्डेसन अमेरीकाले वहाँ को उम्मेदवारी लाई समर्थन जनाएको छ । यही जुन २५ मा हुने चुनावमा उम्मेदावार संग चुनावी अभियानमा जिपी कोईराला फाउन्डेसन अमेरीकाको तर्फवाट सभापती सोमनाथ घीमीरे लगायत मानार्थ सदस्य शान्ता रीसाल ,मोहमद रशीत ,सदस्यहरु प्रेम पौडेल, श्याम कार्की चुनावी अभियानमा सहभागी हुनु भएको थियो । जिपी कोईराला फाउन्डेसन अमेरीकाका सभापती सोमनाथ घीमीरे ले क्वीन्स बासि नेपालिहरु लाई उम्मेदवार मेलिन्दा काट्ज लाई जिताउन अपिल गर्नु भएको छ।