३५ औं आलोक स्मृती दिवस तथा श्रद्धान्जली सभा सम्पन्न

प्रकाशित मिति:

बुटवल । शहिद यादवनाथ आलोक स्मृती केन्द्र तिलोत्तमा–१३ बनकट्टी रुपन्देहीले ३५ औं आलोक स्मृती दिवस मनाएको छ । दिवसकै अवसरमा केन्द्रले पूर्व उप–प्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जनाको हेलीकप्टर दुर्घटनामा भएको निधनलाई स्मण गर्दै श्रद्धान्जली सभा कार्यक्रम पनि सम्पन्न गरेको छ ।
अमृत भट्टराईको सञ्चालनमा केन्द्रका अध्यक्ष हेमराज अर्यालको अध्यक्षता र काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्यता तथा प्रदेश नं. ५ प्रदेश सभा सदस्य रमा अर्याल, तिलोत्तम– १३ वडा अध्यक्ष गणेश न्यौपाने, तिलोत्तमा–१४ वडा अध्यक्ष सोहन प्रसाद थारु लगायत स्थानिय बुद्धिजिवी, जनप्रतिनिधी तथा विभिन्न संघ–संस्थाका व्यक्तित्वहरुको उपस्थितीमा यादवनाथ न्यौपाने(आलोक), भरतमोहन अधिकारी र रविन्द्र अधिकारीको तस्विरमा माल्यार्णपण गर्दै हेलिकप्टर दुर्घटनामा दिवंगत अन्य व्यक्तिहरुको सम्झनामा सम्मान सहित ३५ औं आलोक स्मृति दिवश मनाएको हो ।

१९९८ पौष २ गते पाल्पामा जन्मिएर रुपन्देहीलाई कर्मथलोको बनाएका यादवनाथ न्यौपाने (आलोक) २०४० सालमा पञ्चायती निरंकुश शासन सत्ताको विरुद्धमा जनताको लडाईमा अग्रसर थिए । सोही अन्र्तगत रुपन्देही सूर्यपुरामा भएको प्रजातन्त्र प्राप्तीको लागि निरंकुश पञ्चायती शासन विरुद्धको लडाईमा ज्यान गुमाउनु प¥यो । संगठित प्रजातन्त्रिक अभियानको नेतृत्व गरेका गिरिजा प्रसाद कोईराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा लगायतका राष्ट्रिय स्तरका नेता तथा कार्यकर्ता सम्मलित भेलामा अकस्मात पञ्चायती शासकहरुले गरेकोे आक्रमणलाई प्रतिकार गर्ने क्रममा मृत्यु भएको थियो ।

सोही अवसरमा बोल्ने अधिकांस बक्ताहरुले यादवनाथ आलोक राष्ट्रका एक सच्चा नागरिकको रुपमा आफुलाई स्थापित गरेर जनताको प्रजातान्त्रिक अधिकारको लडाईमा ज्यानको बाजी लगाई आफ्नो जिवन व्यतित गरेर सहिद भएतापनि उनलाई राष्ट्रिय सहिदको रुपमा घोषित गर्न नसकिनु विडम्बनाको विषय भएको धारणा राखे । यादवनाथ आलोकलाई राष्ट्रिय सहिद घोषित नगरिनु सच्चा सहिद तथा नेपालीकै अपमानजनक कार्य भएको उनीहरुको ठम्याई छ ।केन्द्रका अध्यक्ष हेमराज अर्यालले सहिद आलोकनाथ स्मृती केन्द्रलाई विकसित रुप दिन तथा आलोकलाई राष्ट्रिय सहिद घोषित गर्न स्थानिय, प्रदेश हुँदै केन्द्र सम्म संघर्ष गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्दै अगाडी बढे मात्र नयाँ पीढींलाई सकारात्मक सन्देश मिल्ने बताउँदै युवापिढींमा सकारात्मक सन्देशकोप्रवाह भई राष्ट्रको हकहीत हुने कार्य तर्फ प्रेरित हुने कुरामा विश्वस्त पारे ।
जनताको लडाईमा आफुलाई पूर्ण रुपमा समर्पित गरेर जिवन दान दिएका यादवनाथ न्यौपाने (आलोक)को नाममा २०५३ सालमा साविक टिकुलीगढ गाविस र हालको तिलोत्तमा नपा १३ को बनकट्टीमा सहिद यादवनाथ आलोक स्मृती केन्द्रको स्थापना गरेर उनलाई सहिदको रुपमा सम्मान दिईयो भने सो पश्चात वर्षेनी स्मृती दिवसको रुपमा मनाईंदै आएको ।