लिस्नु कप फुटबल : वालिङ्ग युनाइटेड स्याङ्जा विजयी

प्रकाशित मिति:

बुटवल,१० साउन । वालिङ्ग युनाइटेड वालिङ्ग स्याङ्जा बुटवल कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
पशुपति माविको मैदानमा शुक्रबार भएको खेलमा भरतपूर युवा क्लव चितवनलाई १–० गोल अन्तरले पाखा लगाउदै वालिङ्ग युनाइटेड स्याङ्जा क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
जितका लागि वालिङ्ग युनाइटेडका जर्सी नं ९ का बिदेशी खेलाडी मार्टिनले खेलको पहिलो हाफको १८ औं मिनेटमा हानेको गोल नै निर्णायक बन्न पुग्यो ।
शुक्रबार खेलमा भरतपूर युवा क्लव चितवनका गोलकिपर म्यान अफ द म्याच घोषित भए ।
शनिबार दादर ११ मुम्बै इन्डीया र सिर्जना युवा क्लव करौंजीया रुपन्देहीबीच प्रतिस्पर्धा हुने खेल संयोजक बुद्धिप्रसाद गुरुङले जानकारी दिए । साउन २१ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११ सहित रुपन्देही,नवलपरासी,दाङ,स्याङजा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।