ट्रकले ठक्कर दिँदा बालकको ज्यान गयो

प्रकाशित मिति:

उदयपुर/ उदयपुरको कटारी बजारमा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दिलबहादुर राईको छोरा ४ वर्षीय मौसम राई भएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।कटारीबाट सोलुखुम्बुका लागि हिँडेको ना ४ ख ८८९८ नम्बरको ट्रकले सडकमा खेलिरहेको बालकलाई ठक्कर दिँदा उदयपुरको कटारी नगरपालिका ४ कटारी बजारमा बुधबार मध्याह्न बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी ध्रुव श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय मेघबहादुर कार्कीले ट्रकको ठक्करबाट बालकको मृत्यु भएपछि प्रहरीले ट्रकको बचाउ गरेको भन्दै कटारीवासी आन्दोलनमा उत्रेको जानकारी दिनुभयो ।

‘प्रहरीले घटनास्थलमा समेत माटोले पुर्ने लगायतका काम गरेको छ,’ उहाँले भन्नभयो, ‘तीव्रगतिमा गुडेको ट्रकले सडकमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको थियो, तर, प्रहरीले घटनालाई लुकाउन खोज्यो । ’बालकको मृत्युपछि मृतकका आफन्तले कटारी बजार क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठको भनाइ छ ।