सत्य स्वरुपको तर्फबाट धुर्मुसको लागि उपहार यस्तो छ

२२ फाल्गुन २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
54 Shares


काठमाडौँ /गायक सत्य स्वरुपराज आचार्य ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ अभियानमा जोडिएका छन् ।क्रिकेट रङ्गशालाको लागि ‘युद्धको मैदान’ बालको गीत उपहार दिदै गायक आचार्य निर्माण अभियानमा जोडिएका हुन् । उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं। १५ स्थित रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण गर्न यतिखेर सिताराम कट्टेल र कुञ्जना घिमिरे अभियानमा लागि परेका छन् ।

निर्माण गर्न लागेको रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।कट्टेलले सामाजिक संजालमा लेखेका छन् , ”नेपाली संगीत क्षेत्रका सुप्रसिद्ध गायक तथा संगीतकार आदरणिय सत्य स्वरुप राज आचार्य ज्यूलाई ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा अभियान्ताको रुपमा पाउँदा हामी निकै हर्षित छौं । साथै यस अभियानमा जोडिर्दै गर्दा उहाँहरुले हाम्रो यस क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि एउटा निकै सुमधुर गीत समेत उपहार दिनुभएकोमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छौं ।”सत्य स्वरुपले आफैले संगीत भेरको युद्धको मैदान’ बोलको गीतको शब्द पनि आफैले लेखेका हुन् । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया