महिलाको पेटमा किन अडिँदैनन् कुरा, तथ्य यस्तो छ

प्रकाशित मिति:

भनिन्छ, केटि मान्छेको रुद्रघन्टी हुँदैन,यसो भन्नुको अर्थ महिलाहरु कुनै पनि कुरालाई लामो समयसम्म मनमा राख्न सक्दैनन् । ‘अरु कसैलाई नभन्नु नि है  भनेर कसैले सुनाएको कुरा उनीहरुले कोही न कोही आफ्नो विश्वासपात्रलाई भनेरै छाड्छन् ।यसरी गोप्य कुरा कसैलाई चुहाउने उनीहरुको नियत त पक्कै पनि हुँदैन । तर, यस्ता कुरा एक न एकजनालाई नभनी बस्न सक्ने धैर्यता पनि पाइन्न । कसैलाई नभन्दासम्म उकुस मुकुस हुन्छ, अनि भनिहाल्छन् ।

अन्तराष्ट्रियस्तरमा हालै गरिएको एक रिसर्चबाट पत्ता लागेको छ, ‘महिलाहरुलाई कुनै पनि कुरा आफैँमा सिमित राख्न एक प्रकारको बोझजस्तै लाग्छ । यही बोझबाट छुटकारा पाउनका लागि कोही न कोहीलाई भनिहाल्छन् ।’यसको मुख्य कारण महिलाहरु पुरुषको तुलनामा बढी इमोशनल भावनात्मक हुनु नै हो । त्यसैले त महिलाहरुलाई इमोशनल बनाएर कुनै पनि कुरा उनीहरुको मुखबाट फुत्काउन सकिन्छ ।यसका साथै महिलाहरुमा अरुको गोप्य कुरा जान्ने उत्सुकता पनि तुलनात्मकरुपमा बढी हुन्छ । उनीहरु छिमेकीदेखि आफ्ना आसपासका मानिसहरुको सानो भन्दा सानो कुरामा पनि चासो राख्छन् ।जब कुनै पनि नयाँ कुरा थाहा हुन्छ, तब त्यसलाई आफैँमा सिमित राख्नु बोझ बन्न थाल्छ । दिमाग भारी हुन्छ । अनि त्यसबाट मुक्ति पाउन अनकन्सस माइन्डलेले नै उनीहरुलाई सो कुरा व्यक्त गर्न प्रेरित गर्दछ ।