बर्दघाट खानेपानी सुरक्षा योजना समितिको बैठक सम्पन्न,

प्रकाशित मिति:

रामु भुषाल बर्दघाट, श्रावण ११\पश्चिम नवलपरासको बर्दघाट नगरपालिकामा अवस्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाट ४ द्धारा सञ्चालित खानेपानी सुरक्षा योजना समितिको नियमित बैठक शुक्रबार सस्थाको सभाहलमा सम्पन्न भएको छ । सस्थाका उपाध्यक्ष एवं सुरक्षा समितिका समयोजक धातानन्द बस्यालको अध्यक्षता र सस्थाका अध्यक्ष ईन्द्र कुमार रानाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकमा खानेपानी सुरक्षा समितिले गत आर्थिक बर्ष ०७४,७५ को बाषर््िाक समिक्षा गर्नुका साथै बर्ष भरि गरेका क्रियाकलापका बारेमा छलफल गरि गत महिनामा लिएको ग्राहक सन्तुष्टी फारामको समिक्षा समेत गरिएको थियो । सो ग्राहक सन्तुष्टी फाराममा अझै पनि १७ प्रतिशत उपभोक्ता खानेपानीको सुरक्षाका बारेमा थाहा नभएको र गत बर्ष पानी जन्य रोगमा समेत कमी आएको साथै सस्थाले वितरण गरेको पानीलाई विश्वास गरि सिधै धाराबाट ८२ प्रतिशत उपभोक्ताले पानी पिउने गरेको पाइएको छ । बैठकले यस आर्थिक बर्ष ०७५,७६ का लागी खानेपानी सुरक्षा समितिले गरिने कामको योजना तर्जुमा पनि गरेको छ । योजनामा समितिका पदाधिकारी, कर्मचारी, अगुवा उपभोक्ता सहितको उपस्थितमा यस बर्ष दुई पटक जंगल मुहान अवलोकन तथा खानेपानी वितरण पाइप लाइनका बारेमा अवलोकन गर्ने, पानी वितरण गरिएको टोलहरुमा चार स्थानमा खानेपानी सुरक्षा तथा सरसफाई सम्बन्धी सचेतना मुलक कार्यक्रम गर्ने, यस क्षेत्रको सामुदायिक विद्यालयहरुमा खानेपानी सम्बन्धी कार्यक्रम गर्ने लगाएतको निर्णय भएको सस्थाका ब्यवस्थापक एवं सुरक्षा समितिका सदस्य विष्णु कुमार भुषालले जानकारी दिनुभयो । सस्थाले दुई वटा डिप बोरिंग र दुई वटा जंगल मुहान श्रोतको पानी संकलन गरि हाल बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा करिब ३३ सय घरधुरीमा चौबिसै घण्टा पानी वितरण गरिरहेको र सस्थाले वडा नम्बर ४ मा एक घर एक धाराको अवधारणा लिएको र छिट्टै नै उक्त अवधारणा पुरा गरिने समेत सस्थाका अध्यक्ष ईन्द्र कुमार रानाले बताउनुभएको छ ।