आज फाल्गुन शुक्लप्रतिपदा, पञ्चङ्गसहित हेर्नुहोस् आजको दिन, २०७५ फागुन २३ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल फागुन महिनाको २३ गते बिहीबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको प्रतिपदा तिथि राति १०।४३ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाभाद्रपदा नक्षत्र राति ८।१२ बजेसम्म रहनेछ । यसैगरी आज साध्य योग र किंस्तुघ्न करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२५ मा छ भने सूर्यास्त बेलुका ६।०७ बजे हुनेछ ।

चन्द्रमा आज कुम्भ राशिमा छन् । आज फाल्गुन शुक्लपक्षको प्रतिपदा तिथि हो । आजबाट क्रमशः आकाशमा चन्द्रमाको उज्यालो भाग बढ्दै जान्छ । यसैगरी आज ग्याल्पो लोसार पनि परेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 
९८४१०१२२०३,९ ८०८२११२०५