अमेरिकी सेनाभित्र महिला हिंसा बढी, एयर फोर्स अफिसरद्धारा सिनेटरमाथि करणी

प्रकाशित मिति:

काठमाडौं – अमेरिकी सिनेटर मार्था म्याक स्यालीले आफू एयर फोर्सका अफिसरद्धारा बलात्कृत भएको बताएकी छिन् ।  अमेरिकी पहिलो महिला फाइटर पाइलट स्यालीले सुनुवाइका क्रममा आफू सुपेरियर अफिसरबाट बलात्कृत भएको खोलेकी हुन् ।  एरिजोना रिपब्लिकनका अनुसार उनले आफूलाई लाज लागेका कारण तत्कालीन अवस्थामा बलात्कृत भएको रिपोर्ट गरेकी थिइनन् ।  सेनाको उपसमितिलाई बुधबार उनले आफू धेरै वर्षदेखि मौन बसेको पनि बताएकी छिन् ।

अमेरिकी सेनामा यौन हिंसा हुँदै आएको छ । सन् २०१७ मा मात्र १० प्रतिशत महिला सेनाहरु यसको शिकार भएका छन् ।  स्यालीले आफू लामो समय मौन रहे पनि सेनामा महिला हिंसाको घटना दुनियाँले थाहा पाउनु पर्छ भनेर नै हिम्मत जुटाएर बाहिर ल्याएको बताएकी छिन् ।  उनले भनेकी छिन् ‘एयर फोर्सको सिस्टमले नै मलाई बलात्कार गर्यो ।’ उनले आफूजस्तै थुप्रै बलात्कृत हुनुपरेको पनि खुलाएकी छिन् । स्यालीेले एयर फोर्समा २६ वर्ष बिताइन् । उनी कर्णेल भएर सन् २०१० मा रिटायर्ड भएकी थिइन् । (बीबीसीबाट)