अनुसन्धान भन्छ – महिला भन्दा बढि हस्तमैथुन गर्छन् पुरुष, कारण यस्तो !

प्रकाशित मिति:

काठमाडौँ – हस्तमैथुन किशोरावस्थामा हुने आम यौन व्यवहार हो । आफ्नो यौन उत्तेजना शान्त पार्ने सशक्त, सुरक्षित र गतिलो माध्यम भएकोले अधिकांश महिला तथा पुरुषले यो व्यवहार रोज्ने गर्दछन् । त्यसो त सन्तुलित हस्तमैथुनले शारीरिक तथा मानसिक फाईदा हुने बताइन्छ । तर लत बसिसकेका कतिपयले हस्तमैथुन कार्यमा सिमा नाघेर सहभागी हुने गर्छन । यसले स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने विज्ञहरुको दाबी छ। पुरुष तथा महिला दुवैले आफ्नो यौनाङ्ग चलाएर हस्तमैथुनको स्वाद लिने गर्छन् । तर अत्यधिक हस्तमैथुनमा लिप्त हुने महिलाहरुमा शारीरिक समस्या हुने बताइन्छ ।

हस्तमैथुन गर्न बढी रुचाउने केटा कि केटी ?

भारतमा १४ देखि १७ वर्ष उमेरसमूहका किशोर–किशोरीमा गरिएको राष्ट्रिय सर्वेक्षणले ४८ प्रतिशत केटीहरु र ७३ प्रतिशत केटाहरुले हस्तमैथुन गर्ने गरेको देखाएको छ। त्यस्तै २५ देखि २९ वर्ष उमेरका युवाहरुमा गरिएको सर्वेक्षणमा ८५ प्रतिशत महिला र ९४ प्रतिशत पुरुषले हस्तमैथुन गरेको पाइएको छ । त्यसैले केटाहरु बढी हस्तमैथुन गर्छन । यद्यपी केटीहरुको संख्या पनि कम देखिँदैन ।

अत्यधिक हस्तमैथुनले महिलामा पर्ने असर

जीवनसाथीसंगको सम्वन्धः जो महिला अत्यधिक हस्तमैथुन गर्छन् उनीहरुको वैवाहिक जीवनमा नकारात्मक हुनसक्छ । अर्थात श्रीमानसँगको सम्वन्धमा दरार उत्पन्न हुनसक्छ । किनभने हस्तमैथुनको लतमा फसेका महिलाले बिहेपछि पनि पतिसँगको यौन सम्वन्धमा रोमान्स गर्न रुचाउँदैनन् ।

छटपटी बढ्छ

हस्तमैथुन गर्ने बानी परेका महिलाहरुमा तनाव तथा चिडचिडाहट बढछ । यस्ता महिलाहरुले यदि कुनै कारणबस हस्तमैथुन गर्न नपाए छटपटी बढ्छ ।

हीमेच्युरिया हुनसक्छ

हस्तमैथुन गर्ने महिलाहरुलाई हीमेच्युरिया नामको विरामी हुन सक्छन् । यस्तो बिरामी महिलाहरुमा पिसाबबाट रगत आउन सक्छ ।

महिनावारीमा गडबढी देखिन सक्छ

नियमित हस्तमैथुन गर्ने महिलामा महिनावारीमा गडबढी हुनसक्छ । गुप्तांङमा शुखापन हुनसक्छ । त्यसकारण हस्तमैथुन गरेका बेला सावधानी अपनाउनुनै पर्छ ।