जिमरेभार ब्यापार संघको पहलमा बर्दघाट नगरपालिकामा कपडाको झोला ल्याउने

प्रकाशित मिति:

रामु भुषाल, बर्दघाट श्रावण  \जिमरेभार ब्यापार संघको पहलमा बर्दघाट नगरपालिकालाई सफा, सुन्दर, स्वच्छ र प्लास्टिक मुक्त नगर बनाउनका लागी कपडाको झोला तैयारी गरिएको र वितरण गर्ने तयारी रहेको जनाइएको छ । प्लास्टिक झोला प्रयोग नगरौँ, प्लास्टिकजन्य बस्तु नजलाउँ, स्वास्थ्य जिवन जिउँ भन्ने नारा लेखिएको झोलालाई विभिन्न बजार, पसल, र उपभोक्ताका घरसम्म पुर्याइने जिमेरभार ब्यापार संघका अध्यक्ष चिरञ्जीवी सुबेदीले बताउनुभएको छ । ब्यापार संघ गठन भएपछी पर्यावरणिय र वातावरणिय सरसफाईका लागी विभिन्न गतिविधि गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा उक्त झोला बजारमा ल्याउन लागिएको सुवेदीले बताउनुभयो ।

बर्दघाट नगरपालिका वडा नम्बर १ को वडा कार्यालय बुधबार समुद्घाटन 

बर्दघाट नगरपालिका वडा नम्बर १ को वडा कार्यालय बुधबार एक कार्यक्रमका बीच बर्दघाट १ मोती बस्तीमा समुद्घाटन गरिएको छ । वडाध्यक्ष मोतीलाल सुनारको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले स्थानिय सरकार निर्वाचन भएपछी नगरको विकास निर्माणले तिव्रता पाएको र नगरवासीहरुले सथानिय सरकारको महसुस गरेको बताउदै गतबर्ष मात्रै विकास निर्माण तर्फ यस नगरपालिकामा ५७ किलोमिटर ग्रावेल र ५ किलोमिटर पिच भएको र फोहोर ब्यवस्थापन, संसारकोटमा भिउटावर निर्माण, बर्दघाटमा ब्यवस्थित पार्क निर्माण गर्नगुरु योजना तयार भइसकेको बताउनुभयो । सोही कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै वडानम्बर २ का वडाध्यक्ष दया दर्लामीले स्थानिय सरकार ईमान्दारी पुर्वक विकास निर्माणतर्फ लागेकोले कोही कसैले शंका नगर्न र केही कुरालाई लिएर जनप्रतिनिधिहरुलाई आक्षेप लगाउने कार्य भइरहेकोमा आपत्ति जनाउदै अर्कालाई हिलो छ्यापदा आmपपुलाई समेत हिलो लाग्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमुर्चाका रेम राना, नेपाली कांग्रेसका प्रतिनिधि देव बहादुर राना, पुर्व वडाध्यक्ष छविलाल पाण्डे लागएतले मन्तब्य राख्नुभएको कार्यक्रममा वडा नम्बर ६ का वडाध्यष रोहित थारु, वडा नम्बर ७ का वडाध्यष ध्रुब प्रसाद थारु, वडा नम्बर ५ का जनप्रतिनिधि विष्नु प्रसाद पाण्डे, स्थानिय बासी, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो । वडा सदसइ लक्ष्मी सुनारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कार्यक्रममा वडा न्म्बर १ का सचिव टेक बहादुर रेश्मीले गर्नुभएको थिायो ।