सरकार सर्वसत्ताबाद हुंदै अधिनायकवादतर्फ अघि वढ्यो : शेखर कोईराला

प्रकाशित मिति:

११ साउन ,बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोईरालाले सरकार लोकप्रियताबाट सर्वसत्ताबाद हुंदै अधिनायकवादतर्फ अघि बढेको दाबि गरेका छन् । अहिले देशमा अधिनायकवाद बढ्दै गएकोले यसलाई रोक्न तथा लोकतन्त्रको रक्षाको लागी आन्दोलनको विकल्प नरहेको उनले बताए । नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेसका प्रभावशाली नेता समेत रहेका कोईरालाले साउन १५ गतेको आन्दोलनको लागी पार्टीको सबै तह तयार भएर बस्न निर्देशन समेत दिए । कानुनमन्त्री शेर बहादुर तामाङले महिलाहरुको अपमान गर्दा जुन हालत भएको छ, विस्तारै अन्य मन्त्रीको पनि त्यही हालत हुने र प्रधानमन्त्री केपी ओलीको पनि उस्तै हालत हुने उनको भनाइ थियो ।
नेपाली कांग्रेसको गोविन्द केसी मात्रै मुद्धा भएको हल्ला फैलाइएको भन्दै उनले अधिकांशमा भ्रम रहेको र यहि भ्रमका बिचमा कांग्रेसले आन्दोलन अझै शशक्त पार्ने बताए ।
उनले तत्कालीन सरकारले बिधिसममत गरेको निर्णयहरु अहिलेको सरकारले उल्टाएर निरकुंशता लाद्न खोजेको बताए ।
कोइरालाले सरकार दुईतिहाईको दम्भबाट बाहिर ननिस्के उसको हालत पनि राणा र राजाकै जस्तो हुने चेतावनी दिए ।
“संसदीय व्यवस्था तथा संघीय व्यवस्था भएको कुनै मुलुकमा पनि प्रधानमन्त्रीले प्रदेशसभामा गएर भाषण गर्दैनन तर प्रधानमन्त्री केपी ओली प्रदेशसभामा भाषण गर्दै हिंडेका छन, यहीबाट सरकारमा कति दम्भ छ पुष्टी हुन्छ, उनले भने ।” प्रेस स्वतन्त्रता तथा बोल्ने अधिकारको स्वतन्त्रताको समेत सरकारले खिल्ली उडाएकोे डा।कोइरालाको आरोप थियो ।
कार्यक्रममा काग्रेस ईलामका सभापति हिमालय कर्माचार्य, बर्दियाका सभापति संजय गौतम, रुपन्देहीका सभापति अब्दुल रज्जाक लगायतले बोलेका थिए ।