प्रहरीको गोली लागेर कपिलवस्तुमा विप्लब नेतृत्व नेकपाका कार्यकर्ता घाइते

प्रकाशित मिति:

कपिलवस्तु – प्रहरीको गोली लागि कपिलवस्तुमा विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका छन् । शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली हान्दा नेकपाका कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका हुन् । प्रहरीले घटनाको पुष्टि नगरे पनि प्रत्यक्षदर्शीले रोकाको खुट्टामा गोली लागेको बताएका छन् । रोकाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ । प्रहरीले अर्को घरमा खानतलासी गर्दा भने स्थिति तनावपूर्ण बनेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । घटनाकाे बारेमा केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रहरीले जनाएकाे छ ।