बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा ट्रक र जीप तोडफोड

प्रकाशित मिति:

सरिता चलाउने/ सल्यान – बन्दको अबज्ञा गरेको भन्दै सल्यानमा ट्रक र बोलेरो जीप तोडफोड गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले आज गरेको एक दिन बन्दको क्रममा सवारी चलाएको भन्दै जिल्लाको सल्यखोलामा दुवै गाडी तोडफोड भएको हो । श्रीनगरबाट दाङ जाँदै गरेको ना ४ ख ६३६८ ट्रक र लु २ ख २७२५नम्बरको बोलेरो जीपमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

जिप र ट्रकका सिसाहरु फुटेकाे जिल्ला प्रहरी कार्यलय सल्यानका निमित्त प्रहरी प्रमुख गिरिराज भण्डारीले जानकारी दिएका छन । तोडफोड गर्नेहरुको खोजिकार्य भैरहेको उनले बताए । बन्दका कारण सल्यानमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन बन्द रहेका छन् । जसमा सवारीसाधन, शैक्षिकसंस्था, पसल, कलकारखाना ठप्प छन् । यता राप्ती राजमार्ग लगायत जिल्लाका विभिन्न ठाउँमा प्रहरी परिचालन गरेर स्कटिङको व्यवस्था गरिएको निमित्त प्रहरी प्रमुख भण्डारीले जानकारी दिए । अहिले गाडी तोडफोड भएको ठाउँमा इनिस्पेक्टर सहितको टोली खटिएको उनलेे बताए ।