देशलाई समस्याको दलदलमा फसायो, हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा छाडिन्न : कमल थापा

प्रकाशित मिति:

कृष्णनगर – बिहीबार अर्थात आज मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको नवौं दिन पुगेको छ । सोहीबीच कपिलवस्तुको कृष्णनगरमा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा जारी राख्नेमा जोड रहेको बताएका छन् । उनले यस्का लागि आफुपर्यन्त लागि पर्ने र मुद्दा कुनै हालतमा नछा्ड्ने बताएका हुन् । आगामी राजनी सिद्धान्त र आदर्शलाई उच्च प्राथमिकतामा राख्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष थापाले मुलुकमा व्याप्त भ्रष्टाचार एर्व हिंसात्मक घटनाका विरुद्ध कडा रुपमा प्रस्तुत हुने र हुनुपर्नेमा समेत जोड दिएका छन् ।

मधेसी जनताले सीमामा बसेर देशको लागि भुमिका खेलेको प्रशंसा गर्दै अहिले राजनीति जनताकाे हकहित र समृद्धितर्फ ध्यान दिनका लागि भन्दा पनि भोटको लागि हुने गरेको भन्दै आक्रोशसमेत पोखेका छन् । उनले ०६२/६३ को आन्दोलनले देशलाई त्रुटिपूर्ण ढंगले लगेको र समस्याको दलदलमा फसाएको आरोपसमेत लगाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र कायम गराउने उद्देश्यका साथ फागुन पन्ध्रदेखि मेची महकाली यात्रा गर्न थालेको थियो। राप्रपाले सनातन हिन्दूराष्ट्र पुनस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, महिला विरुद्धको हिंसा, जातीय विभेद र छुवाछुत अन्त्यका लागि फागुन १५ गतेदेखि ३० सम्म ताप्लेजुङ्ग देखि कञ्चनपुर हुँदै काठमाण्डौसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने निर्णय गरेको थियो ।