दु:खद खबर : आगोले रित्तियो परिवार

प्रकाशित मिति:

तेह्रथुम – छथर गाउँपालिका–२ हमरजुङको शुक्रबारे बजारस्थित एक घरमा भएको आगलागीमा परेर आमाछोरीको मृत्यु भएको छ। जलेर घाइते भएकी ५५ वर्षीया राममाया कार्कीको उपचार क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान ६ः१५ बजे भएको आगलागीमा राममायाकी छोरी २० वर्षीया सम्झना कार्कीको घटनास्थलमै मृत्यु भएको थियो। सुतिरहेको अवस्थामा आगो लागेका कारण बाहिर निस्कन नसक्दा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान उठेर राममायाले टुकीबाट आगो बाल्न चुलोमा मट्टीतेल खन्याउने क्रममा दाउराबाट घरमा आगो सल्किएको हो। काठको बेरा र टिनको छानो भएको २ तले कच्ची घरमा लामो समयदेखि आमाछोरी मात्रै बस्दै आएका थिए। राममायाका श्रीमानको यसअघि नै निधन भइसकेका कारण घरमा आमाछोरी मात्रै रहेको र आगोमा जलेर दुवै जनाको मृत्यु हुँदा परिवारै रित्तिएको प्रहरीले जनाएको छ -अन्नपूर्ण