सरकारले सहमति अनुसार काम नगरेका कारण समर्थन फिर्ता लिएको राजेन्द्र महतोको भनाई

प्रकाशित मिति:

विराटनगर । राष्ट्रिय जनता पार्टी ९राजपाका नेता राजेन्द्र महतोले सरकारले सहमति अनुसार काम नगरेका कारण समर्थन फिर्ता लिएको बताएका छन् ।बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महताले सरकारले सहमति अनुसार काम नगर्दा फिर्ता लिएको बताएका हुन् ।कैलालीको टीकापुर घटनामा राजपाबाट निर्वाचित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएपछि राजपाले बुधवार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

अध्यक्ष मण्डलका सदस्य सरदसिह भण्डारी, महेन्द्रराय यादबसहित विमानस्थलमा उत्रिएका महताले फैसलाको बिरोध गर्दै अधिकार प्राप्तिका लागि फेरि संघर्ष गर्ने बताए ।मधेसी जनताको विरोधका बाबजुत संविधान जारी भएको बताउँदै उनले संघर्षका लागि सरकारको समर्थन फिर्ता लिएको बताए ।मधेसी जनतालाई सरकारले अन्याय गरेको बताउँदै उनले रेशमलाल चौधरीलाई जन्मकैद फैसलाको बिरोध गर्ने बताए । राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैद फैसला हुनु गलत भएको महतोको दावी छ ।राजपा अध्यक्ष मण्डलका नेता सरदसिह भण्डारीले मधेशका मुद्दा सम्बोधन गर्न सरकारले चासो नदिएका कारण समर्थन फिर्ता लिएर संघर्षमा उत्रिने बताए ।सरकारले एक वर्षको अवधिमा अपराध र भ्रष्ट्रचार बढाएको उनको आरोप छ ।