लोक दोहोरीले खोजेको सर्जक अधिकारी

प्रकाशित मिति:

नेपाली लोक दोहोरी क्षेत्रमा केहि वर्ष पहिला मात्र उदाएर छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाएका त्यसमा पनि बर्तमान समयमा दोहोरीले खोजेको सर्जक हुन गणेश अधिकारी । २०४८ सालमा गुल्मी जिल्लाको इश्मा दर्लमचौरमा जन्मिएका अधिकारीले लोक गीतमा शब्द, लय अनि आवाज समेत भरेका छन । एक कुशल सञ्चारकर्मीको रुपमा पनि परिचित अधिकारी गुल्मी जिल्लामा बसेर लोक सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशिल छन । छोटो समयमानै दर्शक, स्रोताको मन जित्न सफल सर्जक गणेश अधिकारी संग संगीतकै शन्दर्भमा सबलपोष्टका लागि झविन्द्र भण्डारीले गरेको कुराकानी 

सांगीतिक क्षेत्रमा कसरी र किन प्रवेश गर्नुभयो ? म बाल्यकाल देखि गीत गाउन भनेपछी हुरुक्कै हुन्थे । गाउँमा हुने भजन कृत्तन देखि विद्यालय तथा अन्य विभिन्न कार्यक्रमको आयोजना हुदा मेरो प्रस्तुति रहन्थ्यो । सानैबाट सबैले हौसला दिनुहुन्थ्यो । धेरै ठाउँमा दोहोरी गाउन पुग्दा पुरस्कारहरु पनि जित्न सफल भए । क्रमिक रुपमा संगीतको नसा चढ्दै जादा जिन्दगीमा एउटा गीत त अवश्य रेकर्ड गर्छु भन्ने अठोट आयो । म वास्तवमा गीत संगीतको माध्यमबाट मनोरञ्जन मात्र होईन समाज रुपान्त्रण समेत गर्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पार्न तथा सानै देखिको रुचिलाई साकार पार्न औपचारिक रुपमा २०७२ सालबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरे ।

पहिलो गीतदेखि अहिले सम्म आइपुग्दा कस्ता कस्ता गीतहरु बजारमा ल्याउनुभयो ?
मेरो पहिलो गीत मार मलाई बरु हो । जुन गीत २०७२ सालमा बजारमा ल्याएर औपचारिक रुपमा आफ्नो संगीत र गायनको प्रारम्भ गरेको थिए । जुन गीतमा स्वर मेरो र देवि घर्तिको थियो । पहिलो गीतनै आम दर्शक स्रोताले रुचाइदिनु भयो । जसको हौसला पछि अहिले सम्म क्रमिक रुपमा गीतहरु बजारमा आइरहेका छन । मेरो आवाजमा रहेका अन्य गीतहरुमा ः ए मायालु, हासि हासि मर्छु, पाइन तिम्रो हुन, गायक, दिन्छु मुटु काटेर, मेरो असल साथि, पिपल पाते ओठ त्यस्तै तिजका गीतहरुमा झिल्के नाच, काकरी झालैले, गाजलु लगायतका १५० भन्दा बढि लोक दोहोरी गीतहरुमा कुनैमा शब्द कुनैमा लय तथा कुनैमा स्वर भरेको छु । छोटो समयमा मेरा भगबान दर्शक स्रोताले माया गरिदिनु भएको छ जेहोस खुसि छु ।

तपाईंले सृजना गरेका गीतमा प्राय विष्णु माझीकै आवाज सुन्न पाइन्छ नी ?
मलाई धेरैले यहि भन्नुहुन्छ तपाइले पनि भन्नुभयो । मैले सृजना गरेका गीतमा नयाँ देखि पुराना सबै गायक गायिकाले आवाज भर्नुभएको छ । हो प्राय गीतमा पछिल्लो समयको माग र न्यायिक स्वर भएकी गायिका विष्णु माझीको आवाजमा मेरो शब्द र संगीतको माग बढेको छ । त्यो चाहि लोक संगीतले खोजेको र सुन्ने हेर्ने स्रोता दर्शकको इच्छा नै हो ।

संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
संगीत जिवन हो । संगीतबाट हामिले मनोरञ्जन मात्र होइन अन्य धेरै विषयहरुको ज्ञान सहज रुपमा लिन सकिन्छ । मानिसको सुख दुखको सारथी हो । समग्रमा जिउने कला संगीत हो ।

गुल्मी जिल्लामा बसेर नेपाली लोक सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउनु भएको छ काठमाण्डौ जाने सोच छैन ?
हेरौ प्रतिभाको कदर हुनुप¥यो मलाई काठमाण्डौ बस्नुपर्ने बाध्यता छैन । तैपनी अलिकती फरक चाहि पर्दो रहेछ भौगोलिक दुरिको कारणले गीत रेकर्ड गर्न समय निकालेर जानुपर्ने त्यस्तै मेरा गीत संगीत मन पराउने र मलाई भेट्न चाहाने आदरणिय संगीत प्रेमी मनहरुलाई समय दिन सकेको छैन । त्यसमा भने दुखि छु संगीतका लागि काठमाण्डौ बस्नु पर्छ भन्ने मलाई लाग्दैन ।

सांगीतिक क्षेत्रमा विकृती भित्रीयो भन्छन तपाई के भन्नुहुन्छ ?
संगीत एउटा जिबन हो । जिबनमा दुख सुख आरोह अबरोह आए जस्तै संगतिमा पनि सामान्य हलचल आउनु अनौठो होइन । नराम्रो गर्नेहरु आफै पतन हुन्छन । मलाई कोहि प्रति गुनासो छैन तर म विकृति भित्र्याउने काम गरेको छैन भने आगामी दिनमा पनि नगर्ने प्रण गर्दछु । सबैको विचार एउटै नहुन सक्छ तर जानीजानी नराम्रो नगर्दा बेस हुन्थ्यो ।

आगामी दिनमा कस्ता–कस्ता गीत निकाल्ने योजनामा हुनुहुन्छ ?
म पेशाले बैंकको कर्मचारी तथा सञ्चारकर्मी पनि हु भने गीत संगतिलाई पनि समय निकालेर समायोजन गर्ने गरेको छु । म यसैगरी स्रोता दर्शकको मन जित्ने किसिमका गीतहरु मा तल्लिन छु निरन्तर मेहनत गर्दैछु । फरक शैलिको भन्दा पनि लोप हुन लागेको मौलिक संस्कृतिलाई जगेर्ना गर्दै र समयको माग अनुसार केही प।िवर्तन हुदै मेरो संगीत यात्रा अगाडी बढ्दैछ । मेरा आउने सृजनाहरुमा चिहान, मेरो जिबन, मृत्युदर्ता लगायतका ५० भन्दा बढि गतिहरु बजारमा आउने तयारीमा छन । आसा छ सबैको साथ सहयोग मिल्ने छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
आगामी दिनमा संगीतलाई अझै निखार्दै जिबन्त बनाउने मेरो लक्ष्य छ । आजको दिन सम्म आइपुग्दा जसरी सबैले माया, ममता, साथ, सहयोग र हौसला प्रदान गर्नुभएको छ । सबै मिडिया, पत्रकार, सञ्चारकर्मीहरु, संगीतकार, म्युजीक कम्पनी लगायत समपुर्ण संगति प्रेमी मन र मलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दछु । म उदाउदैछु तपाईहरु सबेको साथ पाए भने अवस्य कालो बादलले मलाई छेक्ने छैन नयाँ विहानिको उदय हुनेछ । म चम्केको हेर्न चाहाने मन र आखा तपाईहरु संग छ । त्यसैले सधै मेरा सृजनालाई माया गरिदिनु होला । केही जानीनजानी नराम्रो गरेको देख्नुभयो भने औल्याइदिनुहोला धयबाद ।