फागुन महिना कुनकुन राशिको लागि शुभ रहला ? हेर्नुहोस् मासिक राशिफल !

प्रकाशित मिति:

मेष

सुख–दु:ख दुवै साथी बन्नेछन् । कहिलेकाहीँ राम्रो गर्दा–गर्दै पनि अपजस आइलाग्नसक्छ । अरू कसैको साथ मिलोस् वा नमिलोस्, जीवनसाथीको साथ भने अवश्य मिल्नेछ । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुनसक्ने भएकाले आफ्नो वा पारिवारिक स्वास्थ्यप्रति सजग रहनुहोला । सकेसम्म बाहिरको खाना नखानुमै भलो छ । महिनाको पूर्वाद्र्ध अनुकूल रहनेछ भने उत्तराद्र्ध केही प्रतिकूल हुनसक्छ । आफ्नो स्वाभिमानमा आँच आउन नदिई धैर्यपूर्वक काम गरे मनमा सन्तोष प्राप्त होला ।

वृष

पारिवारिक सम्बन्धमा सुधार आउनेछ । कसैप्रति कुनै कुराले गुमेको विश्वास फर्कनेछ । आफ्नो हित–अहित गर्ने व्यक्तिहरूलाई चिन्ने अवसर प्राप्त हुनेछ । ग्रहहरूको प्रभावले मनमा असहज महसुस गराए पनि आफ्ना दौंतरी वा श्रीमान्को सहायताले स्थिति सहज होला । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट राम्रै आम्दानी हात लाग्नेछ । छोराछोरीबाट सन्तोष मिल्नेछ । मनमा भएको तुष हटेर शरीर एवं मन दुवै हलुका हुनेछन् ।

मिथुन

महिनाको सुरुमा काममा समस्या सिर्जना भए पनि उत्तराद्र्ध अनुकूल हुनेछ । कार्यव्यस्तताका कारण झिंझो लाग्ने, झनक्क रिस उठ्नेजस्ता समस्या देखापर्नसक्छन्, बेलैमा सतर्क रहनुहोला । माइती–मावलीसित भेटघाट गर्ने मौका जुर्नेछ । महिनाको उत्तराद्र्ध शुभ रहनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । दमित इच्छाहरू क्रमश: पूर्ण हुँदै जानेछन् । गर्भवती महिलाहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।

कर्कट

विभिन्न खालका परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । मन कतिबेला खुसी त कतिबेला दु:खी हुनेछ । धेरै कुरा अनुकूल नै हुनेछन् । काममा अपजस मिल्नसक्ने भएकाले निरन्तर सजग रहनुपर्नेछ । मनमा खुसी छाउनेछ भने छोराछोरीबाट सुख–सन्तोष मिल्नेछ । कतैबाट कुनै उपहारसमेत प्राप्त हुनसक्छ । श्रीमान्को मुड एवं अवस्था बुझेर काम गर्नसके सम्भावित विवाद टर्नेछ ।

सिंह

विशेष कामले यात्रा गर्नुपर्ला । इष्टमित्रहरूले तपाईंको कुरा काट्न सक्छन् । आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयास गर्नुहोला । परिवार (कुनै आफन्तको घर) मा शुभ कार्य हुनसक्छ । साथीहरूसित रमाइलो भेटघाट हुनेछ भने दाम्पत्य जीवन सुमधुर रहनेछ । पेट तथा मुटुका बिरामीहरूले खानपिनमा विशेष ध्यान दिनुहोला । मौसमी बिमारीको सम्भावनासमेत छ । अनावश्यक झैझमेलाबाट टाढै रहनसके सम्भावित विवाद टर्नसक्छ । अपेक्षाअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

कन्या

काम गर्ने जाँगर बढ्नेछ । नयाँ–पुराना साथीहरूसित भेटघाट गर्ने मौका मिल्नेछ । मनमा भएको चिन्ता हट्नुका साथै शरीरसमेत स्वस्थ रहनेछ । विशेष काममा सफलता हात पर्नेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ रहला । नयाँ रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूले षड्यन्त्र रची आफ्ना हितैषीहरूलाई भ्रममा पार्नसक्छन्, सजग रहनुहोला ।

तुला

दाम्पत्य जीवन सुखमय रहनेछ । व्यक्तिगत काममा सफलता हात लाग्नेछ । छोराछोरीले आफ्नो मनको कुरा बुझी कार्य गर्नेछन् । आर्थिक लाभ हुनेछ । कुनै कामका सिलसिलामा यात्रा गर्नुपर्ला । कसैकसैलाई मान–सम्मानसमेत मिल्नेछ । आँखा वा टाउको दुख्ने सम्भावना भएकाले झिनामसिना काम गर्दा सजग रहनुहोला । श्रीमान्सित सामान्य ठाकठुक हुनसक्छ ।

वृश्चिक

परिवारमा कुनै कुरालाई लिएर छलफल हुनसक्छ । छोराछोरीको खुसीका निम्ति सम्झौता गर्नुपर्ला । जीवनसाथीबाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । व्यावहारिक काम गर्दा अपजस आइलाग्नसक्ने भएकाले सचेत रहनुहोला । देशबाहिर भएकाहरूलाई पारिवारिक कार्यक्रममा सहभागी हुन नपाउँदा खल्लो लाग्नसक्छ ।

धनु

व्यक्तिगत काममा सफलता हात पर्नेछ । कामको सिलसिलामा कतैको यात्रा गर्नुपर्ला । मनमा भएको तनाव हटेर शरीर स्वस्थ एवं मन हलुका हुनेछ भने आर्थिक पक्ष पनि सुदृढ रहनेछ । नयाँ घर सर्ने वा जग्गा–जमिन खरिद हुने सम्भावना छ । विभिन्न सामग्रीको किनमेल हुनेछ । आफ्नो इच्छानुसार खाने–लाउने अवसर प्राप्त होला । श्रीमान्सँग घुमघाम गर्ने योजना बन्नसक्छ । दाम्पत्य जीवनको सुख एवं सन्तोष कायम रहनेछ ।

मकर

पारिवारिक वातावरण सुखमय देखिन्छ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । आर्थिक लाभसमेत हुनसक्छ । अनावश्यक खर्च पनि हुने भएकाले किनमेल गर्दा सजग रहनुहोला । कुनै कुरामा लगानी गर्नुपूर्व राम्रोसँग विचार गर्नुहोला । आफन्तबाटै धोका हुने सम्भावना छ । आफ्नो गोप्य कुरा कसैसित खोल्नु उचित हुँदैन । मौसमी परिवर्तनका कारण स्वास्थ्यमा समस्या सिर्जना हुनसक्छ ।

कुम्भ

कुनै कुराले तपाईंलाई अल्झाइरहन सक्छ । स–साना कुरामा पनि निकै खट्नुपर्दा शरीरलाई बढी आरामको आवश्यकता हुनसक्छ । पेट एवं मुटुका बिरामीहरूले स्वास्थ्य एवं खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्नेछ । सहयोगी हातहरू पछि हट्न खोजे पनि कुनै न कुनै माध्यमबाट सहयोग जुट्नेछ । आफ्नो खुसी एवं चाहनालाई मध्यनजर गर्दै केही कुराको किनमेल हुनसक्छ । अनावश्यक खर्चको पनि सम्भावना छ ।

मीन

श्रीमान्सित राम्रो समझदारी कायम रहनेछ । कतिपय कुरामा लाभ हुनेछ । मित्रहरूसँग रमाइलो जमघट हुनसक्छ । अनपेक्षित विवादको योग भएकाले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुहोला । कहिलेकाहीँ राम्रो गर्दागर्दै पनि भनाइ खानुपर्ने हुनसक्छ । सकेसम्म शान्त रहँदै दोहोरो प्रतिक्रिया नदिनुमै बुद्धिमानी हुनेछ । मालसामान हराउने सम्भावना भएकाले सजग रहनुहोला ।