योगेश भट्टराई भन्छन् : हेलिकप्टर दुर्घटनामा विभिन्न आशंका उब्जिएका छन्

२३ फाल्गुन २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
56 Shares


ताप्लेजुङ – प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरा देवीको मन्दिरमा जाँदा कहिल्यै पनि सात जना एउटै हेलिकप्टरमा नचढेको बताउनुभयो । भट्टराईले पाथीभराबाट हेलिकप्टरमा सात जना चढाएर लैजानुले दुर्घटनाका बारेमा विभिन्न आशंका उब्जाएको बताउनुभयो । ‘ताप्लेजुङको घुन्सामा २०७५ सालमा पनि हेलिकप्टर दुर्घटना भएर ठूलो क्षति ब्यहोर्नुपरेको थियो, यसपटकको दुर्घटनाले पनि धेरै आशंका उब्जाएका छन्’, उहाँले भन्नुभयो । पाथीभरामा जाँदा हेलिकप्टरबाट फुङलिङमा रहेको आर्मीको ब्यारेक वा सुकेटारमा छोडेर ४ जना मात्र जाने गरेको उहाँले बताउनुभयो ।

सरकारले घटनाको अध्ययन गर्न छानबिन समिति गठन गरिसकेकाले सत्यतथ्य बाहिर आउनेमा आफू विश्वस्त रहेको भट्टराईले बताउनुभयो । हिमाली क्षेत्रको भूगोल विकट र मौसम पनि परिवर्तनशील हुने हुँदा त्यस क्षेत्रको हवाई उडानमा विशेष ध्यान दिनुपर्नेमा सांसद भट्टराईले जोड दिनुभयो । दुर्घटनाको जोखिम पहाड र तराई सबैतिर हुने भन्दै उहाँले सावधानी अपनाए क्षति न्यूनिकरण गर्न सकिने बताउनुभयो । पाथीभरा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न अन्तरष्ट्रिय उच्च पदस्थ व्यक्तिहरुलाई भ्रमण गराउने प्रयास भइरहेको समेत भट्टराईको भनाइ थियो । ‘पर्यटन व्यवसाय ताप्लेजुङको समृद्धिको आधारस्तम्भ हो’, उहाँले भन्नुभयो, ‘त्यसैले यो जिल्ला सुरक्षित रहेको सन्देश दिनका लागि भारतको पश्चिम बङ्गाल र सिक्किमका मुख्यमन्त्रीलाई समेत छिट्टै ल्याउने प्रयास गरिरहेका छौँ ।’

ताप्लेजुङमा २०६३ सालमा पनि हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनामा निधन भएकाको स्मृतिमा पुङलिङमा एउटा स्मृति पार्क बनाउने पहल गरिने भट्टराई बताउनुभयो । श्रद्धाञ्जली सभामा बोल्दै उहाँले पछिल्लो पुस्तामा सम्भावना बोकेका नेता र अहिलेको सरकारका गतिशील मन्त्रीको रुपमा रवीन्द्र अधिकारीलाई सम्झिनुभयो ।दुर्घटनाको अघिल्लो दिन पनि ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नतिका विषयमा अधिकारीसँग भट्टराईले कुरा गरेको बताउनुभयो । नेकपाले मन्त्री अधिकारी र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा फुङलिङमा श्रद्धाञ्जली सभा गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • के छ विष्णु पुराण अध्यायमा
  • पुरुषको जीवमा यी लक्षण भएका स्त्रीसंग विवाह गर्दा भाग्य चम्कने
  • व्रत बस्नुका के के छन् फाइदा
  • आफै कार्यसूचीबाट प्रस्ताव हटाएर कांग्रेसलाई आरोपीत गर्ने विषय गम्भीर छ…
  • कांग्रेस नेता भण्डारीद्वारा कुवेतमा रहेकी सुत्केरी महिलालाई ५० हजार आर्थिक…
  • भारतले नेपाल र चीनसँग परिस्थिति बिगारिरहेको पाकीस्तानका प्रमको दाबी
  • नेपाल मेडिकल कलेजका २ डाक्टर माथी कुटपीट
  • कांग्रेस प्रवक्ताले भने – प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा…
  • कोरोना भाईरसवाट निको भएर घर फर्कीए १८३ नेपाली
  • एनआरएनए अमेरिकाको नवौँ साधारण सभा डिजिटल अनलाईन हुने ।