सरकारको विरोध नगरौं, प्रधानमन्त्री विरामी हुनुहुन्छः सभापति देउवा

प्रकाशित मिति:

विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले सरकारको विरोध नगर्न सुझाएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली विरामी परेकाले अहिले सरकारको धेरै विरोध गर्न नहुने बताएका हुन् ।

वाइडवडी प्रकरणमा विराटनगरका पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै देउवाले भने, ‘प्रधानमन्त्री ओली विरामी हुनुहुन्छ सरकारको विरोध नगरौ ।’ कांग्रेसले तोकिएको समयमा नै महाधिवेशन गर्ने र आफु त्यसको लागि लागिपरेको बताउँदै महासमितिको म्याण्डेट अनुसार नै केन्द्रीय कार्यसमितिले विधान पारित गरेको बताए । जिल्ला सभापतिहरुको केही माग जायज भएकाले त्यसलाई वार्ता गरेर समाधान गरिने उनको भनाई थियो ।