नारीको स्थान किन पूज्य छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते, सर्वास्तत्राफलाः क्रियाः ।। –मनुस्मृति

जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । जहा नारीको पूजा गरिँदैन त्यहाँ सबै काम निष्फल हुन्छन् ।

पौरस्त्य धर्मशास्त्रले नारीलाई उच्च सम्मान प्रदान गरेको छ । पिता भन्दा हजार गुणा माथि माताको स्थान हाम्रै शास्त्रले दिएका छन् । नारी आद्य शक्ति हुन् । नारीको उच्च सम्मान देवतालाई पनि प्रिय हुन्छ । नारीको सम्मानले नै संसारको उन्नति सम्भव छ । जहाँ नारीको सम्मान हुँदैन त्यहाँ उन्नति पनि असम्भव छ भन्ने नीति वचन मननीय छ ।
– नारायणप्रसाद निरौला,ज्योतिषाचार्य, वास्तुविद् –